चर्चित क्रिकेटरका चर्चामा नआएका सुन्दरी पत्नीहरु (फोटोफिचर)



धेरै नेपालीहरुले रुचाइने खेलमध्ये क्रिकेट पनि एक हो । अरु खेलको तुलनामा क्रिकेटले राम्रै फड्को पनि मारेको छ । बालकदेखि युवा र युवादेखि वृद्धवृद्धाले आफ्नो क्रेज दर्शाउँदै पनि आएका छन् । यहाँ हामी केही नेपाली क्रिकेटरका पत्नीहरुको तस्विर देखाउँदै छौँ जो हिरोइन् भन्दा कम छैनन् ।

१) पूर्व कप्तान पारस खड्का र प्राप्ती राज्य लक्ष्मी राणा

Image may contain: 1 person, smiling, selfie and closeup

नेपाली क्रिकेट जगतमा सबैभन्दा सफल र उत्कृष्ट पूर्व कप्तान हुन् पारस खड्का । उनकी श्रीमती हुन् प्राप्ती राज्य लक्ष्मी राणा । पारस आफू जति ह्याण्डसम छन् उनकी श्रीमती पनि उत्तिकै सुन्दरी छिन् । उनीहरुको जोडी निकै रुचाइएको जोडी मध्ये एक पर्छ ।

२) शरद भेषवाकर र निशा अधिकारी

Image result for sharad vesawkar and nisha adhikari"
Image result for nisha adhikari

नेपाली क्रिकेटमा नाम कमाएका खेलाडी हुन् शदर भेषवाकर । जब जब खेल हारको संघारमा पुग्छ त्यो बेला आफ्नो जमदू देखाएर उनले नेपाललाई जिताएका उदाहरणहरु छन् । शरदले नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका निशा अधिकारीसँग प्रेम विवाह गरेका हुन् । उनीहरुको पहिलो सन्तानको रुपमा छोरा जन्मिएको छ । शरद र निशाको जोडी पनि किनै रुचाइएको जोडीमा पर्दछ । निशा अधिकारी भने चर्चितसँगै सबैकी प्यारी छिन् ।

३) सुवास खकुरेल र बन्दना बज्रचार्य

नेपाली क्रिकेट टिममा सुवास खकुरेलको अविष्मरणीय नाम भइसकेको छ । उनी नेपाली क्रिकेटका भरपर्दा ब्याट्स्म्यान मानिन्छन् । उनले बन्दना बज्राचार्यसँग विवाह गरेका छन् । बन्दना सेल्स एण्ड मार्केटिंगको म्यानेजरको रुपमा मलेसियन एअरलाइन्समा कार्यरत छिन् ।

४) अमृत भट्टराई र रचना भुसाल

नेपाली क्रिकेट टिममा अमृत भट्टराई फास्ट बलरको रुपमा परिचित नाम हो । तर केही समययता उनी राष्ट्रिय टिममा पर्न सकेका छैनन् । उनकी श्रीमती रचना भुसाल नेपाली कुनै हिरोइन भन्दा कम देखिँदैनिन् ।

५) नरेश बुढायर र ममता खड्का

नेपाली क्रिकेट टिममा राष्टिय टिमबाट अन्तराष्टि«य खेलसम्म सहभागि गराएका खेलाडी हुन् नरेश बुढायर । उनकी श्रीमती हुन् सुन्दरी ममता खड्का । यिनीहरुको जोडी निकै राम्रो देखिन्छ ।

६) प्रदिप ऐरी र ज्योती खड्का

नेपाली क्रिकेट टिमका मास्टर ब्लास्टर खेलाडीका रुपमा परिचित छन् प्रदिप ऐरी । नेपाली राष्ट्रिय टिमबाट आफूलाई लामो समयदेखि खेलाडिका रुपमा प्रस्तुत गर्दै आएका ऐरी अहिले भने नेपाली राष्ट्रिय क्रिकेट टिममा पर्न सकेका छैनन् । उनकी श्रीमती हुन् ज्योती खड्का जो निकै नै सुन्दरी छिन् ।

७) सोमपाल कामी र प्रतिभा घिमिरे

Image may contain: 2 people, people smiling, people standing and indoor

नेपाली राष्टिय टिमका तिव्र गतिका बलर सोमपाल कामी नेपाली क्रिकेट प्रेमीका ढुकढुकी हुन् । नेपालको ओपनिङ्ग बलरको रुपमा भूमिका निभाइरहेका सोमपालले अलराउण्डर खेलाडीको रुपमा समेत परिचय बनाइसकेका छन् । उनले विवाह गरेको सार्वजनिक नभएपनि एकजना सुन्दरीसँगको तस्विर सामाजिक संजालमा अपलोड गरिरहन्छन् र ती सुन्दरीको नाम हो प्रतिभा घिमिरे । उनीहरुको तस्विरमा सुन्दर जोडी भनेर धेरैको कमेन्ट पनि आउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्