सपथ खुवाउने पनि जेलमा खाने नि जेलमा



काठमाडौं : जवरजस्ती करणी अभियोगमा पुर्पक्षका लागि डिल्लीबजारस्थित सदर खोरमा थुनामा पठाइएका पूर्व सभामुख कृष्णबहादुर महरा त्यहाँ पुग्दा अर्को एउटा संयोग परेको छ । त्यो संयोग भनेको जेलमै रहेका एक जना ‘सांसद’ लाई सपथ खुवाएका महरा तिनै सपथ खाने व्यक्ति सँगै भेट भएका छन् र संगै बस्न पुगेका छन् ।

महरा सभामुख हुँदा टीकापुर घटनामा संलग्न भइ हाल पुर्पक्षका लागि थुनामा रहेका रेशम चौधरीलाई सपथ खुवाएका थिए ।

चौधरीलाई महराले १९ पुस २०७५ मा संसद सचिवालयमा सपथ खुवाएका थिए । सपथ खाना साथ चौधरी फेरी डिल्लीबजारस्थित सदर खोरमा पुगेका हुन् । अहिले तिनै चौधरी रहेको सदर खोरमा महरा भित्रिएका छन् ।

महरा नेकपा माओवादीबाट प्रतिनिधिसभाका सभामुख भएका थिए भने चौधरी कैलाली निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निवार्चित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्