राजधानी विरुद्व समाचार छापेकाे भन्दै अत्तरियाबासिले जलाए राष्ट्रिय पत्रिका 



कैलाली: सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी तोकिएपछि राष्ट्रिय पत्रिकाहरुले गोदावरी तेघरी राजधानी हुनु नपर्ने समाचार छापेको भन्दै अत्तरियाका स्थानीय युवाहरु आक्रोशित बनेका छन् ।

 

प्रदेश सरकारको बहुमतबाट प्रदेशको राजधानी तेघरी गोदावरी सिफारिस गरिएपछि  राष्ट्रिय पत्रिकाहरुले  चुरे खतरामा, बाँधको बाटोमा राजधानी लगायतका शिर्षकहरु राखेर समाचार प्रकाशित गरेका थिए ।  

 

आक्रोसित युवाहरुले नेपालगञ्जबाट गाडीमा सुदूपश्चिमका विभिन्न जिल्लाका लागि पठार्इएका कान्तिपुर दैनिक, नागरिक दैनिक, अन्नपूर्णपाेष्ट दैनिक लगायतका राष्ट्रिय पत्रिकाहरु अत्तरिया चोकमा जलाएका छन् ।

 

अत्तरिया र सात पहाडी जिल्लाका लागिजाने सबै पत्रिका जलाएको अत्तरियाका विक्रेता यज्ञराज जोशीले बताए ।  उनको अत्तरियास्थित निलम पुस्तक पसल अगाडी राखिएका पहाडी सात जिल्ला र अत्तरियाको सबै पत्रिका जलाइएको हो ।

 

गोदावरी नगरपालिकाको गोदावरी वनमा स्थायी राजधानी तोकेको विरोधमा धनगढीमा आन्दोलन भएको थियो । पत्रपत्रिकाले अत्तरिया राजधानीको विरोधमा समाचार छापेको आरोप लगाउदै अत्तरियाका केही युवाले समूहले अन्नपूर्ण पोष्टका साथै कान्तिपुर, नागरिक दैनिक पनि जलाएका प्रत्यक्षदर्शीले बताएका छन् ।

 

अत्तरियाबाट महेन्द्रनगरतर्फ गाडी गइरहेका बेला गाडीबाटै थुतेर पत्रपत्रिका जलाएको विक्रेता यज्ञराज जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्