कृषिबाट समृद्ध प्रदेश बनाउँछौँ : मन्त्री चौधरी


सुदूरपश्चिम : सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहरकारीमन्त्री विनिता चौधरीले कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिएर आत्मनिर्भर बनाउदै कृषिबाट नै प्रदेशलाई समृद्ध बनाइने बताएकी छन ।

बडीमालिका नगरपालिका–७ स्थित ढम्कने कृषि सहाकरी संस्थाले आयोजना गरेको प्रथम आलु महोत्सवमा उनले सङ्घ, प्रदेश र स्थानीय सरकारले विकास निर्माणको कार्यमा फड्को मार्न थालेको दाबी गरिन । मन्त्री चौधरीले बाजुराको कृषि क्षेत्र र विकासका लागि प्रदेश सरकार सधैँ तयार रहेको जिकिर गरिन ।

मानव विकास सूचकाङ्कमा पछि परेकाले जिल्लालाई विशेष प्राथमिकतामा राखेर कृषि, स्वास्थ्यलगायत क्षेत्रमा विभिन्न कार्यक्रम अघि सारेको उनले बताइन । राज्यको ध्यान नपुगेकाले बाजुरा पछाडि परेको मन्त्री चौधरीको भनाइ थियो । परम्परागत कृषिलाई परिवर्तन गर्दै आधुनिक कृषि क्षेत्रको प्रवद्र्धन गर्नमा प्रदेश सरकार लागि परेको उनले बताइन ।

बडीमालिका नगरपालिकाका उपप्रमुख कविता विष्टले आलुको उत्पादनमा आत्मनिर्भर बनाउने गरी योजना ल्याइने बताइन । नगरपालिकाका प्रत्येक वडालाई पकेट क्षेत्रका रुपमा विस्तार गर्न कार्यक्रमसहित बजेट विनियोजन गरिएको उनले बताइन ।

सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालयका कृषि निर्देशक यज्ञराज जोशीले प्राङ्गारिक भेलेज छ जिल्लामा सञ्चालन गर्ने तयारी रहेको बताए । पर्यटकीय गन्तव्य कालाजग्रा फेदीमा रहेको ढम्कनेमा ‘आलुको उत्पादन, प्रशोधन र बजारीकरण हाम्रो अभियान, ढम्कनेको स्थानीय आर्गानिक आलु बाजुराको पहिचान’ नाराका साथ महोत्सव शुरु भएको हो ।

महोत्सवमा आलुका विभिन्न परिकारका ३० कक्ष छन् । ढम्कनेमा हरेक वर्ष रु एक करोडभन्दा बढीको आलु उत्पादन तथा बिक्री वितरण हुँदै आएको वडाध्यक्ष धर्मराज पाध्यायले बताए । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

जनकपुरधाम : प्रदेश २ मा पछिल्लो २४ घण्टामा ४६ जना संक्रमित थपिएका छन् । जसमध्ये

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले नवराज विकको हत्यामा संलग्न सबैलाई कारबाहीको माग गरेका छन् । कसैको

काठमाडौं– नेपालको नयाँ नक्सा प्रकाशन, मुद्रण तथा बिक्री वितरण गर्न नापी विभागको स्वीकृति लिनुपर्ने भएको

काठमाडौं : पश्चिम रुकुमको चौरजहारी घटनाको विरोधमा काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ । पश्चिम रुकुमको

काठमाडौंः गृह मन्त्रालयले रूकुम पश्चिममा भएको घटनाबारे छानबिन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको

काठमाडौंः वीरगञ्जमा सिनियर र जुनियर चिकित्सकहरुको समूहबीच कुटाकुट भएको छ । सामाजिक सञ्जालमा लेखेको स्टाटस

काठमाडौं : देशभर अहिलेसम्म १ लाख ४६ हजार ८ सय ३४ जनामा कोरोना भाइरसको नमुना

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पतालका चिकित्सकहरुलाई सेवामा आलोपालो गर्न आग्रह गरेको छ।

काठमाडौं– रुकुम पश्चिममा भएको घटनामा संलग्न दोषीलाई कारबाहीको दायरामा ल्याउन प्रतिबद्धता गृहमन्त्री रामबहादुर थापाले व्यक्त

सिरहा : सिरहामा थप पाँच जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । योसहित सिरहामा अहिलेसम्म

रौतहट : मंगलबार रौतहटमा तीनजना बालबालिकासहित थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौं– सरकारको गलत सोच र निर्णयमाथि खबरदारी गर्नुपर्ने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस एमसीसी सम्झौताको पक्षमा