विद्युतीय धरापमा परेर ३७ को मृत्यु, ६० घाइते



एजेन्सी : बुर्किना फासोको तपोआ प्रान्तमा विद्युतीय धरापमा परी कम्तीमा ३७ जनाको मृत्यु भएको छ । सुन खानीका मजदुरहरुलाई लिएर आइरहेको सुरक्षाकर्मीहरुको सवारी साधन धरापमा परेकोले मृत्यु हुनेमा सुरक्षाकर्मी र सर्वसाधारण मजदुर रहेका छन् ।

क्षेत्रीय गभर्नर साइडोउ टौसैन्त प्रोस्पर सानौले बुधबार भएको घटनामा परी अरु ६० भन्दा बढी घाइते भएको जानकारी दिए । दुर्घटनामा परी घाइते भएकाहरुलाई तत्काल उद्धार गरेर उपचार गराउनका लागि सरकारी सुरक्षाकर्मी तथा स्वयमसेवकहरु तत्कालै परिचालन गरिएको सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री रेमिस दान्डजीनौले बताए ।

घटना भएको क्षेत्रमा सुरक्षाकर्मीहरुले अनुसन्धान सुरु गरिसकेको र दोषीको खोजी पनि भइरहेको उनले जानकारी दिए । बुर्किना फासोमा आतङ्कवादीहरूको आक्रमणमा सन् २०१५ देखि अहिलेसम्म पाँच सयभन्दा बढीको मृत्यु भएको दावी गरिएको छ ।

उनीहरूमध्ये दुई सय जना सुरक्षाकर्मी रहेका छन् भने अरु सर्वसाधारण रहेको अधिकारीहरुले जनाएका छन् । साथै उनीहरुको आतङ्कबाट त्रसित भएर हजारौँ स्थानीय बासिन्दा विस्थापित भएर अन्यत्र बस्दै आएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्