दलबलसहित मुक्तिनाथ पुगेर के गरे पूर्व युवराज पारसले ?



काठमाडौं : हिमाल पारीको जिल्ला मुस्ताङ भ्रमणको अवसर पारेर मुक्तिनाथको दर्शन गरेका पारस शाह योगीको भेषमा रहने र साधुको झैं जीवन बिताउने तरखरमा लागेका छन् । पारसले आफू राजा हुनका लागि नजन्मिएको भन्दै ‘म साधुको जस्तो जीवनशैली बिताउँछु’ भनेर यस अघि नै भनिसकेका छन् ।

मुक्तिनाथको दर्शनपछि पूर्वयुवराज पारस शाह नेपालका पश्चिमी पहाडी जिल्ला भ्रमणमा ब्यस्त देखिन्छन् । धार्मिक स्थल, चाड तथा सांस्कृतिक पर्वहरुमा रम्न चाहने पारस ‘राजा हुने या नहुने’ भनी सोधिएको प्रश्नले निकै सताइने गरेपछि जहाँ पनि उनी ‘राजा हुनका लागि नजन्मिएको’ बताउँदै हिँड्ने गरेका छन् ।

पर्यटकीय दृश्यहरुमा रम्ने उनको बानीले उनलाई हिमालको काँखकाँखै सुदूरपश्चिमतिर डोर्याएको छ । जोमसोम पुग्ने, १०८ धारामा नुहाउने र शिवजीको मन्दिर दर्शन गर्ने कुराले उनी आफूले भन्ने गरे झैँ साधु हुन थालेका त होइनन् भन्ने कौतुहलता उनको क्रियाकलाप देख्ने सबैलाई लाग्न थालेको छ ।

२०६२/०६३ को जनआन्दोलनपछिको पहिलो संविधानसभाबाट संवैधानिक राजतन्त्रको प्रावधान अन्त्य गरिएसँगै देशलाई गणतन्त्र घोषणा गरिएपछि तात्कालीन राजा ज्ञानेन्द्र नागरिकको हैसियतमा नागार्जुन पुगेका थिए । त्यसपछिको अवस्थामा प्रायः धार्मिक कार्यक्रमहरुमा देखिइरहने उनी आफ्नै छोरा पारसको व्यवहारलाई बुझ्न नसकेको अवस्थामा देखिएका छन् ।

तर छोरा पारस शाह कहिले थाइल्यान्डमा रहेको प्रेमसम्बन्ध, पत्नी हिमानीसँगको झगडा, र हाल मोडल तथा युट्युबर सोनिका रोकायासँगको पछिल्लो प्रेमसम्बन्ध आदि निरन्तर कान्डैकान्डमा मुछिदै जानथालेपछि उनलाई निर्मल निवास निषेध गरिएको छ ।

हाल छुट्टै अपार्टमेन्ट लिएर मनमौजी गरिरहेका पारस स्वयम् भन्ने गर्छन्– ‘धन सम्पत्तिको नाममा मसँग एउटा मोटरसाइकल, गाडी र अपार्टमेन्ट मात्र छ ।’

प्रतिक्रिया दिनुहोस्