इरानले यूरेनियम सङ्कलनलाई पाँच प्रतिशत पु¥याउने


तेहरान : इरानले अब यूरेनियम सङ्कलनलाई पाँच प्रतिशत पु¥याउने भएको छ । सम्झौतामा इरानको यूरेनियम प्रशोधन क्षमतालाई ३.६७ प्रतिशतमा झार्नुपर्ने सीमा तोकिएको थियो । वासिङ्टनले एकतर्फी रूपमा सम्झौता तोडेको र इरानमाथि आर्थिक नाकाबन्दी कडा पारेको भन्दै आफूले अव उप्रान्त यसलाई मान्न बाध्य नहुने घोषणा गरेको हो ।

इरानको आणविक शक्ति सङ्गठनका प्रवक्ता बेहरूज कमालवन्दीले शनिबार भने, “हाम्रो आवश्यकता अनुसार र हामीलाई आएको माग अनुसार यूरेनियमको उत्पादन (प्रशोधन) लाई पाँच प्रतिशत पु¥याएका छौँ ।”

अमेरिकासहितका विश्व शक्ति राष्ट्रहरूसँग सन् २०१५ मा भएको आणविक सम्झौतामा इरानले यूरेनियमको प्रशोधनलाई घटाउने सहमति भएको थियो । तर अमेरिकाले उक्त सम्झौताबाट फिर्ता भएको घोषणा गर्दै इरानमाथि सन् २०१५ पहिले लगाइएका प्रतिबन्धलाई निरन्तरता दिएको थियो ।

अमेरिकी ट्रम्प प्रशासनले इरानसँगको सम्झौताबाट अमेरिकालाई घाटा भएको दावी गर्दै पुनः नयाँ सम्झौता गनुपर्ने धारणासहित हाल इरानविरूद्ध कडा नीति अवलम्बन गरेको छ । अमेरिकाले इरानलाई आर्थिक प्रतिबन्धहरू लगाएर नयाँ सम्झौताका लागि तयार बन्न दवाब दिँदै आएको छ ।

तर इरानले अमेरिकी कदमको विरोध गर्दै सम्झौता अनुरूप अमेरिका अघि बढ्नुपर्ने बताउँदै आएको छ । यसका लागि इरानले सम्झौतामा हस्ताक्षर गरेका अन्य शक्ति राष्ट्रहरूलाई सम्झौता कार्यान्वयनका लागि आग्रह गर्दै आएको छ ।

इरानले सम्झौता कार्यान्वयनमा नआए आफूले मात्र यसलाई पालना गर्न बाध्य नहुने जिकिर गर्दै सम्झौताबाट क्रमशः फिर्ता हुने जनाउँदै आएको थियो । यसै प्रसङ्गमा इरानले आफ्नो यूरेनियम सङ्कलन क्षमतालाई पाँच प्रतिशत पु¥याउने बताएको हो ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

ईलाम : नेपाल–भारत मैत्री विकास सहकार्य कार्यक्रमअन्तर्गत ईलामको श्री सप्तमाई गुरुकुल संस्कृत विद्यालय निर्माणको लागि

काठमाडौं : आत्महत्या गरेको फेसबुक लाइभ सेयर नगर्न स्वास्थ तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ

काठमाडौं : नेपालमा सोमबार थप १ सय ८० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य

काठमाडौं : नेपाल वायुसेवा निगमका तीन पाइलटसहित १४ जनामा कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासन सेवाका ६३ जना वरिष्ठ सहसचिवहरुलाई प्रदेश

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता गगन थापाले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीलाई प्रवृत्ति

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाटै राजीनामाको दबाब बढिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली

जनकपुरधाम : प्रदेश नं. २ मा पछिल्लो २४ घण्टामा १ सय १५ जना व्यक्तिमा कोरोना

काठमाडौं : काठमाडौं उपत्यकामा आइतबार थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य

काठमाडौं– बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको निर्माण सम्पन्न भएको छ । आइतबार मेलम्ची आयोजनाको निर्माण सम्पन्न

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ९३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य

धनगढी : सुदूरपश्चिम प्रदेशमा थप ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक