उपनिर्वाचन लक्षित पहिलो चरणको कार्यक्रम सार्वजनिक


काठमाडौं : नेपाली काङ्ग्रेस कास्कीले मङ्सिर १४ गते हुने कास्की क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि पहिलो चरणको कार्यक्रम सार्वजनिक गरेको छ ।

पहिलो चरणको कार्यक्रमअन्तर्गत कात्तिक २४ गते आइतबार निर्वाचन क्षेत्रअन्तर्गत पोखरा महानगरपालिकाका ११ वटै वडामा चुनाव प्रचारप्रसार समितिको कार्यालय उद्घाटन गरिने निर्वाचन मूल प्रचार समितिका सभापति एवम् जिल्ला पार्टी सभापति कृष्ण केसीले जानकारी दिए।

सबै वडाका चुनाव प्रचारप्रसार समितिका कार्यालय बिहान ८ बजे एकै समयमा उद्घाटन गरिने कार्यक्रम छ । उनका अनुसार आइतबारबाटै पोखरा महानगरपालिका–४ सिद्धार्थचोकबाट घरदैलो अभियान शुरु गर्ने कार्यक्रम छ ।कार्यक्रमअन्तर्गत पहिलो दिन ४ नं वडाका साथै पोखरा महानगरपालिका–८ र ९ मा घरदैलो अभियान सञ्चालन हुनेछन् ।

त्यस्तै २५ गते पोखरा महानगरपालिका–७ मा, २६ र २७ गते वडा नं १७ मा घरदैलो कार्यक्रम सञ्चालन हुने भएको केसीले जानकारी दिनुभयो । अन्य कार्यक्रम थप छलफल गरी तय गरिने पार्टीले जनाएको छ । – रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

जनकपुरधाम : प्रदेश २ मा पछिल्लो २४ घण्टामा ४६ जना संक्रमित थपिएका छन् । जसमध्ये

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले नवराज विकको हत्यामा संलग्न सबैलाई कारबाहीको माग गरेका छन् । कसैको

काठमाडौं– नेपालको नयाँ नक्सा प्रकाशन, मुद्रण तथा बिक्री वितरण गर्न नापी विभागको स्वीकृति लिनुपर्ने भएको

काठमाडौं : पश्चिम रुकुमको चौरजहारी घटनाको विरोधमा काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ । पश्चिम रुकुमको

काठमाडौंः गृह मन्त्रालयले रूकुम पश्चिममा भएको घटनाबारे छानबिन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको

काठमाडौंः वीरगञ्जमा सिनियर र जुनियर चिकित्सकहरुको समूहबीच कुटाकुट भएको छ । सामाजिक सञ्जालमा लेखेको स्टाटस

काठमाडौं : देशभर अहिलेसम्म १ लाख ४६ हजार ८ सय ३४ जनामा कोरोना भाइरसको नमुना

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पतालका चिकित्सकहरुलाई सेवामा आलोपालो गर्न आग्रह गरेको छ।

काठमाडौं– रुकुम पश्चिममा भएको घटनामा संलग्न दोषीलाई कारबाहीको दायरामा ल्याउन प्रतिबद्धता गृहमन्त्री रामबहादुर थापाले व्यक्त

सिरहा : सिरहामा थप पाँच जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । योसहित सिरहामा अहिलेसम्म

रौतहट : मंगलबार रौतहटमा तीनजना बालबालिकासहित थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौं– सरकारको गलत सोच र निर्णयमाथि खबरदारी गर्नुपर्ने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस एमसीसी सम्झौताको पक्षमा