प्रधानमन्त्री र राजपा अध्यक्षबीच भेटवार्ता जारी



काठमाडौं: राष्ट्रिय जनता पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिइरहेका बेला प्रधानमन्त्रीले भेटवार्ता गरेका छन् । अहिले बालुवाटारमा राजपा अध्यक्ष मण्डलका नेता र प्रधानमन्त्री केपी शर्मा ओलीबीच छलफल जारी छ ।

 

संविधान संशोधन सहित विभिन्न माग राखि नेकपा नेतृत्वको सरकारलाई राजपा नेपालले मुद्दाको आधारमा‌ बाहिरबाट समर्थन गरि रहेको छ । तर, सरकार गठन भएको एक वर्ष हुनै लाग्दा पनि अहिलेसम्म कुनै माग प्रति सरकारले चासो लिएको छैन । । उनीहरूले संविधान संशोधनका लागि छठसम्मको समयसीमा दिए पनि संविधान संशोधन भने हुन सकेको छैन ।

 

दुई तिहाई मतले बनेको सरकारले आफूहरूको माग बेवास्ता गर्ने नीति अख्तियार गरेको कुरा बुझे पछि सरकारलाई दिंदै आएको समर्थन फिर्ता लिने निष्कर्षमा पुगेको राजपाका शीर्ष नेताहरू बताउँछन् ।

 

राजपा अध्यक्ष मण्डलको संयोजकमा राजेन्द्र महतो चयन भएपछि प्रधानमन्त्रीसँग यो पहिलो भेटवार्ता हो ।  दसैंअघि राजपा अध्यक्ष मण्डलका केही नेताले प्रधानमन्त्रीलाई भेटेर आफ्नो माग पूरा गर्न भन्दै ज्ञापनपत्र बुझाएका थिए आजै दिउँसो १ बजे राजपा अध्यक्ष मण्डलको बैठकसमेत बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्