पिपरा गाउँपालिकाको उपनिर्वाचनमा जनमत पार्टीबाट अञ्जलीदेवीको उम्मेदवारी



काठमाडौं : आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि जनमत पार्टीले उम्मेदवारी टुंगो लगाएको छ ।

महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष पदको लागि हुने उपनिर्वाचमा जनमत पार्टीबाट अञ्जलीदेवी मण्डलले उम्मेदवारी दिएकी हुन् ।

सरकारसँग ११ बुँदे सम्झौता गरेर मूलधारको राजनीतिमा आएको डा. सीके राउतको पार्टी जनमत पार्टी उपनिर्वाचनमा सहभागी हुन लागेको हो ।

पार्टीका अध्यक्ष राउतले उम्मेदवारी दिएको पुष्टि गर्दै लाउडस्पिकर (हर्न) छाप लिएर चुनाव लडेको बताएका छन् ।

यसैगरी सर्लाहीको हरिपुर्वा नगरपालिका १ को वडाअध्यक्ष पदका दिनेश राय यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्