पेरुमा सडक दुर्घटना, १९ जनाको मृत्यु



एजेन्सी : पेरुको उत्तरी ला लिबरटाडमा मंगलबार यात्रुबाहक बस दुर्घटना हुँदा १९ जनाको मृत्यु हुनुका साथै २५ जना घाइते भएका छन् । पेरु प्रहरीका अनुसार उक्त बस पहाडी राजमार्गको सडकबाट करिब ३०० मिटर तल नदीमा खसेको थियो ।

उक्त बस राजधानी लिमाबाट उत्तरतर्फ करिब ५५७ किलोमिटर टाढा त्रुजिलो शहर नजिक भएको हो । प्रहरी अधिकारी लुइज कोन्भेनासले बाक्लो हुस्सुका कारण बस दुर्घटना भएको हुनसक्ने बताए । घाइतेहरुको उद्धार गरी उपचारका लागि नजिकका अस्पतालमा भर्ना गरिएको पनि उहाँले जानकारी दिए ।

प्रहरीका अनुसार उक्त बस कालान्काबाट त्रुजिलोतर्फ गइरहेको थियो । पेरुमा एन्डिज पर्वतमालामा बारम्बार सडक दुर्घटना हुने गरेका छन् । यो भूभाग समुद्री सतहबाट दुई हजारदेखि तीन हजार मिटर उचाईमा रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्