बाख्रा फर्ममा आगलागी हुँदा १५ लाखको क्षति



वीरगन्ज : पर्साको पटेर्वा सुगौली गाउँपालिकाको वडा नम्बर १ रामभवरेस्थित बाख्रा फर्ममा आगलागी हुँदा करिब १५ लाखको क्षति भएको छ ।

आज (आइतबार) दिउँसो स्थानीय ईदु मियाँ धुनियाँको बाख्रा फर्ममा आगलागी भएको हो । आगलागीमा बाख्राको पाठा २६ वटा, पाठी २६ वटा, भारतको महाराष्ट्रबाट ल्याएको बोका २ वटा, परेवा ५० वटा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । साथै आगलागीबाट घरमा जडान गरिएको ३ वटा पंखा समेत जलेर नष्ट भएको छ ।

आगोलाई स्थानियको सहयोगमा २ घण्टाको प्रयासमा नियन्त्रणमा आएको थियो भने बाख्रा पालन फर्म भने पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरी नायव उपरीक्षक गौत्तम थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्