नयाँ ट्याक्सी दर्ता खुल्दै



काठमाडौ : लामो समयदेखि ट्याक्सीको दर्ता बन्द गरेकामा सरकारले नयाँ ट्याक्सी दर्ता खोल्ने तयारी गरेको छ ।

एक हजार २०० अश्वक्षमताको र त्योभन्दा बढीका ट्याक्सीको दर्ता गर्न अध्ययन भइरहेको छ । ट्याक्सीको दर्ता नियमितरूपमा खुलाउनेभन्दा पनि केही समयका लागि खुलाइने छ ।

अहिले सडकमा रहेका ट्याक्सी पुराना रहेकाले तिनलाई हटाउँदै यात्रुलाई सुविधायुक्त सवारीसाधन आवश्यक भएको भन्दै नयाँ ट्याक्सी दर्ता खुलाउन लागिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए ।

प्रतिक्रिया दिनुहोस्