भारतमा भएको सवारी दुर्घटनामा ११ को मृत्यु, २० घाइते


एजेन्सी : भारतको राजस्थान राज्यमा सोमबार भएको सवारी दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ । दुर्घटनाका कारण अरु २० जना घाइते भएको र तीमध्ये केहीको अवस्था गम्भीर रहेको अधिकारीहरुले जानकारी दिएका छन् । यात्रुबाहक बस र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

स्थानीय समय अनुसार विहानको समयमा दुर्घटना भएको हो । दुर्घटनास्थल राजस्थान राज्यको राजधानी जयपुरदेखि २६६ किलोमिटर टाढा पर्ने बिकानेर जिल्लाको दुनगढ नजिकै रहेको प्रहरीको भनाई छ । “एउटा बस र एउटा ट्रक आज विहान एक आपसमा ठोक्किएर दुर्घटनाग्रस्त भएका छन्, ११ जनाको मृत्यु भएको छ भने अरु २० जना घाइते भएका छन्,” एक प्रहरी अधिकारीले भने ।

उनका अनुसार घाइतेहरुलाई स्थानीय अस्पतालमा उपचारका लागि लगिएको छ र तीमध्ये केहीको अवस्था गम्भीर रहेको छ । प्रहरीले घटनाका बारेमा अनुसन्धान प्रक्रिया अगाडी बढाइसकिएको र दोषीलाई कारबाही हुने जनाएको छ ।

भारतमा यस्ता सवारी दुर्घटनाका कारण बर्सेनि हजारौँको मृत्यु हुने गरेको छ । चालकको लापर्वाही, खराब अवस्थाको सडक र पुराना सवारी साधनलगायतका कारणले भारतमा धेरै सवारी दुर्घटना हुने गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : नाइट क्लवमा भेटिएका चार जना खेलाडीले मंसिर २८ बाट सुरु हुने शहीद स्मारक

काठमाडौं : राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) का पदक विजेता

काठमाडौं : बलात्कार आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई तीन दिनको म्याद थप गरिएको

काठमाडौँ : मदन भण्डारी मेमोरियल कलेजका विद्यार्थी चढेको बस दुर्घटना हुँदा २२ जना घाईते भएका

काठमाडौं : बुधबारदेखि मौसममा भएको बदलीसँगै बढेको चिसोका कारण जनजीवन प्रभावित भएको छ । आज

जाजरकोट : हिमपातका कारण डोल्पामा आजदेखि शुरु भएको वार्षिक परीक्षा प्रभावित भएको छ । डोल्पाका

चितवन : नारायणगढ–मुग्लिन सडकखण्ड आज (शुक्रबार) देखि दुई सातासम्म दिउँसो बन्द हुने भएको छ ।

काठमाडौं : सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सीमा समस्याका विषयमा सत्य स्वीकार

काठमाडौं : काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ । बिहीबार बेलुका ७ बजेर ११

नरेश सर्राफ वीरगन्ज : भारतीय नागरिकले झुठो वितरण पेश गरी नेपाली नागरिकता लिएको प्रमाणसहित सम्बन्धित

काठमाडौं : शनिबारदेखि सुरु हुने पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको विजेताले २७ लाख

काठमाडौं : शनिबारदेखि दशरथ रगंशालामा सुरु हुने सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको विजेताले ५०