पत्रकार खेम भण्डारीलाई किन हालियो जेल ?



कञ्चनपुर : कञ्चनपुर जिल्ला अदालत बार एशोसिएसनले निर्मला हत्याकाण्ड प्रकरण बारेको बिचाराधीन मुद्धालाई प्रभावित पारेको र अदालतको अपहेलना गरेको भन्दै दायर गरेको मुद्धामा जिल्ला अदालत कञ्चनपुरले एक घण्टा जेल र एक रुपैया जरीबाना गर्ने आदेश दिएपछि केही समय फरार सूचीमा रहेका पत्रकार खेम भण्डारीलाई आज प्रहरीले पक्राउ गरी जेल पठाएको छ ।

गत साउनकमा कञ्चनपुर जिल्ला न्यायाधीस राजेन्द्र आचार्यको एकल ईजालसले केही सर्तहरु सहित यस्तो फैसला गरेको थियो । ती सर्त पूरा गर्न तीनदिनको समय समेत दिएपनि तीन दिन होईन तीन महिनामा पनि उनले सर्त पूरा नगरेपछि अदालतको आदेशबमोजिम उनलाई कारागार पठाएको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ गरी अदालतमा उपस्थित गराएका भण्डारी करिब ४ बजेदेखि कारागारमा छन् ।

निर्मला पन्त हत्या प्रकरणलाई सामाजिक सञ्जालमार्फत अरु नै ढंगले मोड्दै केन्द्रभागमा पर्याउदै आएका एक व्यक्तिलाई आज प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले निर्मला प्रकरणबारे बङग्याउँदै आफ्नो पक्षमा पार्ने प्रयास गर्दै सामाजिक सञ्जालमा निरन्तर लेख्दै आएका पत्रकार समेत रहेका खेम भण्डारीलाई पक्राउ गरेको हो ।

निर्मला हत्या प्रकरणमा संलग्न भएको आशंकामा यसअघि पक्राउ परेका दिलीप विष्टलाई जोगाउन उनले सामाजिक सञ्जालमा निरन्तर लेख्दै आन्दोलनलाई उत्तेजित पार्ने काममा समेत संलग्न भएको उनीमाथि आरोप लाग्दै आएको छ । पत्रकार भण्डारी निर्मला हत्या प्रकणमा दोषी भएको आशंका गरिएका विष्टका मामा पर्ने बताईन्छ ।

निर्मला हत्या प्रकरणको करिब १५ महिनापछि प्रहरीले सुक्ष्म अनसन्धान गर्दै पक्राउमुक्त भएका विष्टमाथि अनुसन्धानको सुई घुमाईरहँदा भण्डारी पक्राउमा परेका छन् । जिल्ला प्रहरसी कार्यालय कञ्चनपुरका प्रमुख एसपी दिनेश आचार्यले निर्मला प्रकरणमा जथाभावी र उत्तेजित ढंगले सामाजिक सञ्जालमा लेखेर अफबाह फैलाएको आरोपमा भण्डारीलाई पक्राउ गरेको पुष्टि गरे ।

प्रतिक्रिया दिनुहोस्