प्रधानमन्त्रीले गरे धरहरा पुनर्निर्माणको शिलान्यास (लाइभ)



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा पुनर्निर्माणको शिलान्यास गरेका छन् । २०७२ वैशाखमा आएको महाभूकम्पमा भत्किएको धरहराको प्रधानमन्त्री ओलीले शिलान्यास गरेका हुन्।

कार्यक्रममा नेकपा अध्यक्ष प्रचण्ड, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोख्रेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, पर्यटनमन्त्री रवीन्द्र अधिकारी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवाली काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलगायत उपस्थित छन्।

प्रतिक्रिया दिनुहोस्