भारतीय प्रधानमन्त्रीद्धारा समवेदना व्यक्त



एजेन्सी : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार युएइका राष्ट्रपतिलाई समवेदना प्रकट गरेका छन । प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपतिका भाई सुल्तान बिन जायेद विन अल नाहयाको मृत्युप्रति समवेदाना प्रकट गरेका हुन ।

युएइको राजनीतिक परिवारका सदस्य अल नाहयाको सोमबार निधन भएको थियो । “ उनी र उनको परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु,” प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन ।

उनले परिवारजनमा परेको यस दुःखद् घडीमा धैर्य धारण गर्ने शक्ति भगवानले दिउन भनी प्रार्थना गरेको पनि उल्लेख गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्