आलम भिडियो प्रकरणले गृहमन्त्रालयमा खैलाबैला



काठमाडौं : रौतहट राजापुर बम काण्डको आरेपमा पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका मोहमद अफ्ताब आलम पक्राउका समयमा भएको संवादको भिडियो बाहिरिएपछि गृहमन्त्रालय परिसरमा हल्लाखल्ला मच्चिएको छ ।

आलम पक्राउको समयमा भएको उक्त संवादको भिडियो बाहिरिएपछि त्यो भिडियो कसरी बाहिरियो भन्ने विषयमा हल्लाखल्ला मच्चिएको हो ।

१२ वर्षअघि रौतहट राजापुरमा ईट्टाभट्टामा जिउदै मान्छे जलाएको आरोपमा प्रहरीले अफ्ताव आलम पक्राउ परेको बेला प्रहरी उक्त संवाद गरेको थियो । अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहँदा प्रहरीले आलम पक्राउ गरेर गाडीमा राखेर प्रहरी कार्यालय लैजाँदा खिचेको भिडियो सार्वजनिक गर्दै आफ्नै आचार संहिता उल्लंघन गरेको आरोप लागेको छ भने यसले गृहमन्त्रालय परिसरमा ठूलै हंगामा मच्चाएको हो ।

पहिला उत्तेजित बनाएर आलमलाई बोल्न लगाएको र प्रहरीले आलमलाई थाहै नदिई लिएको सो भिडियो सार्वजनिक गरेको बताईन्छ । यसमा को दोषी भन्ने कुराको छानबिन गर्ने श्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्