सात विदेशीसहित एघार लडाकु मारिए



एजेन्सी : सिरियामा भएको सुरक्षा कारबाहीका क्रममा एघार लडाकू मारिएका छन् । मृत्यु भएका मध्ये सात जना विदेशी रहेका अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।

सिरियामा इजरायली हवाइ आक्रमण भएको युद्ध अनुगमनकर्ताहरुको समूहले जनाएको छ । सिरियाली अब्जरभेटरी फर ह्युमन राईटसले दिएको जानकारीअनुसार मृत्यु भएकाहरु इरानी हुन वा इरान भन्दा फरक हुन भन्ने बारेमा कुनै एकिन भएको छैन ।

त्यस समूहका प्रमुख रमी अब्देल रहमानले घटनामा परी अरु चार सार्वसाधारण घाइते भएका जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्