विवादमा फसिन् वाणी, प्रहरीमा पर्‍यो उजुरी



काठमाडौं : केही दिन अगाडि बलिउड अभिनेत्री वाणी कपुरले इन्स्टाग्राममा सेयर गरेको फोटोलाई लिएर कडा आलोचना भएको छ। फोटोमा वाणी ‘हरे राम’ लेखेएको केही खुकुलो ड्रेसमा देखिएकी थिइन्। फोटो सार्वजनिक भएसँगै उनी ट्रोलको सिकार समेत बनिन्।

वाणीको हेरे राम लेखिएको बिकिनी विवाद सामाजिक सञ्जाल हुँदै अहिले प्रहरी चौकीमा पुगेको छ। वाणीविरुद्ध मुम्बई निवासी रमा सावन्तले एनएम जोशी मार्गमा रहेको प्रहरी चौकीमा धार्मिक भावनामा आहात पुर्‍याएको आरोप लगाउँदै उजुरी दिएकी छन्।

उनको यो ड्रेसलाई लिएर उनीमाथि भगवानको नाम बदनाम गरेको आरोप लगाइएको छ। उनलाई सामाजिक बहिष्कार गर्ने चेतावनी समेत दिइएको छ। आलोचना बढ्दै गएपछि वाणीले इन्स्टाग्रामबाट यो फोटो समेत हटाइसककेकी छन्।
विणा पछिल्लो समयको सफल चलचित्र ‘वार’की अभिनेत्री हुन्। यसलगत्तै विणाले रणवीरका साथमा ‘समशेर’मा अभिनय गर्दैछिन्।

प्रतिक्रिया दिनुहोस्