अर्जुन रामपल र मेहर जेसियाले गरे डिभोर्स



काडमाडौं : विवाह भएको २१ वर्षपछि बलिउड अभिनेता अर्जुन रामपल र उनकी श्रीमती मेहर जेसियाको डिभोर्स भएको छ। आपसी सहमतिमा फ्यामिली कोर्ट मुम्बईले उनीहरुलाई डिभोर्सको अनुमति दिएको हो।

अर्जुन र मेहरका दुवै छोरी आमा मेहरसँगै बस्न अदालतले आदेश दिएको छ। अर्जुनले सन् १९९८ मा मेहरसँग विवाह गरेका थिए। गतवर्ष विवाह भएको बीस वर्ष पुरा भएसँगै उनीहरुले छुटिने घोषणा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्