दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा रमेश विजी विजयी, अन्य पदमा को-को ?



फाइल फोटो

काठमाडौं : लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको सातौं केन्द्रीय महाधिवेशनमा चर्चित गीतहरुका सर्जक रमेश बिजी अध्यक्षमा विजयी भएका छन् ।

यहि मंसिर ६ गतेदेखि ८ गतेसम्म पोखरामा भएको महाधिबेशनमा वर्तमान प्रतिष्ठानका बरिष्ठ उपाध्यक्षसमेत रहेका बिजी विजयी भएका हुन् । बिजीले निकटतम प्रतिद्धन्द्धी बिष्णु खत्रीलाई ३९ मतले पराजीत गर्दै प्रतिष्ठानको सातौँ अध्यक्षमा बाजी मारेका हुन् । लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको सातौं केन्द्रीय महाधिवेशनले ५५ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ।

२०५५ सालतिर बुटवलबाट गायन र गीत सिर्जनाको यात्रा सुरु गरेका बिजीको स्थाई घर स्याङ्खजाको पुतली बजार नगरपालिका–१४ लामागे हो । बुटवलमा एक समयका पूराना कलाकारहरुको चेला रहेका उनी अहिले त्यसै बुटवलमा हुने महोत्सवहरु र अन्य गायन प्रतियोगितामा सहभागी प्रतियोगीका गुरु बनेर निर्णायक समेत बन्दै आएका छन् ।

उनी झण्डै २० बर्षदेखि निरन्तर लोक दोहरी क्षेत्रमै समर्पित रहेका छन् ।

कुन पदमा को विजयी ?
कोषाध्यक्ष – राजु ढकाल
सह–कोषाध्यक्ष – ईश्वरी प्रसाद भुसाल
प्रशासनिक सचिव – कृष्ण रेउले
खुला सचिवमा -जीवन दाहाल, रमेशराज भट्टराई, कुलेन्द्र विश्वकर्मा, हरि डाँगी, प्रचण्ड जिसी, बसन्त थापा र पुष्कल शर्मा

७ महिला केन्द्रिय सदस्य

सम्झना लामिछाने मगर, जानकी तारमी मगर, अञ्जली अधिकारी, जुना श्रीष मगर, अमृत लुगेली मगर, सरला पाण्डे र सिता पाण्डे

खुला केन्द्रिय सदस्य

देवी घर्ती, पिएन सापकोटा, प्रकाश सपुत, पुरुषोत्तम भण्डारी, प्रकाश भट्ट, याम क्षेत्री, बिमल अधिकारी, महेन्द्र गौतम, दिपक गरौजा मगर, सागर गुरुङ, बिक्रम थापा र युवराज मगर

त्यस्तै प्रतिष्ठानको केन्द्रिय सदस्य

भूगोल गण्डकी – तारानाथ आचार्य , केन्द्रिय सदस्य बिदेश शाखा – रामकृष्ण बम मल्ल र दुर्गा पंगेनी

यसअघि प्रतिष्ठानका ११ पद भने सर्वसम्मत चयन भएको थियो । जसमा बरिष्ठ उपाध्यक्षमा गायिका रिता थापा, प्रथम उपाध्यक्षमा चर्चित गायक पशुपति शर्मा, दित्तीय उपाध्यक्षमा गायक रामजी खाँण, तृतीय उपाध्यक्षमा दिपक खड्का, महिला उपाध्यक्ष तर्फ गायिका राधिका हमाल, महासचिवमा सुबास केसी, उपमहासचिवमा शिब हमाल गायक एवम् नृत्य निर्देशक शँकर बिसी सांगठनिक सचिबमा खुमन अधिकारी, महिला सचिवमा जमुना राना मगर र सह कोषाध्यक्षमा पुर्णकला बिसी निर्विरोध भएका थिए।

प्रतिक्रिया दिनुहोस्