अष्ट्रेलियामा एक नेपाली महिलाले यसरी गरिन् श्रीमानको हत्या



काठमाडौं : अष्ट्रेलियामा एक नेपाली युवतीले केही दिन अघि मात्रै आफ्नै श्रीमानको चक्कु प्रहार गरी हत्या गरिन् । आफ्नै श्रीमतीको चक्कु प्रहारबाट घाइते भएका पति सन्तोष गौतमको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको अस्पतालले जनाएको छ ।

गौतम जोडी केही समय पहिलेदेखि तनावमा देखिन्थे । उनीहरुको तनावको कारण थियो– अष्ट्रेलियामा थप बस्न पाइन्छ वा पाइँदैन । तर चक्कु हानाहान यसै विषयलाई लिएर भयो अरु कुनै थियो भन्ने कुरा प्रहरी अनुसन्धान मातहत नै छ ।

अष्ट्रेलियामा नेपालीहरुको जनसंख्या बढ्दो छ । त्यसैले पनि नेपालीहरुमाझ अपराधका घटनाहरु बढ्ने क्रम जारी छ । उच्च शिक्षा र उज्जवल भविष्यको चाहना राखेर त्यहा पुगेका नेपालीहरुले बेलाबेलामा अकल्पनीय दुर्घटनामा पर्ने गरेका छन् ।

अष्ट्रेलिया नेपालमा कल्पना गरेजस्तो छैन । यहाँ निकै समस्याहरु छन् । यसैकारण नेपालीहरु आत्महत्याको निर्णयमा पुग्छन् । नेपालमा सापेक्षतामा आमाबाबुको संरक्षणमा हुर्किएका नेपालीहरु त्यहाँ पुगेर निकै कज्याइँदा हीनताबोध महसुस गर्दछन् । त्यसबाट उत्पन्न हुने आवेगमा आएर उनीहरुले मृत्युसम्म रोज्ने गरेका छन् ।

सिड्नीमा ब्यवस्थित रुपमा बस्दै आएकी एक नेपाली चेली पेसाले नर्स थिइन् । उनीसँगै बस्ने अर्की महिला अध्ययन गर्न त्यहाँ गएकी थिइन् । तर उनीहरु दुबैले मिलेर आत्महत्या गरे । यसको कारण मानसिक समस्या भएको भन्ने बाहेक केही पनि खुलेको छैन ।

अष्ट्रेलियामै पनि मानसिक रोगीहरु निकै छन् । त्यसमा नेपालीहरुको संख्या उल्लेख्य रहेको अष्ट्रेलियाली चिकित्सकहरुले भनाइ छ । अष्ट्रेलियाको राष्ट्रिय अनुपात जस्तै प्रत्येक ५ नेपालीमा एक व्यक्तिमा कुनै न कुनै मानसिक समस्या रहेको उनीहरुको दाबी छ । विशेष गरेर आफुमा समस्या भएपनि स्वीकार गरिनहाल्ने र उपलब्ध सेवाहरु समेत समयमै नलिने प्रवृत्तिका कारण नेपालीहरु मानसिक रोगको चपेटामा पर्दै गएका उनीहरुको दाबी छ ।

त्यहाँ गएर काम गरिरहेका र अध्ययन गरिरहेका नेपालीहरु अधिकांशले डाक्टरकहाँ नगई समस्यालाई आफ्नै मनमा राख्दा यस्ता अप्रिय घटना हुने गरेका छन् । मनोरोग विशेषज्ञका अनुसार नेपालीहरु डाक्टरकोमा गए पनि ढिला गरी पुग्ने गरेका देखिन्छन् ।

अष्ट्रेलियाको सरकारको तथ्यांक हेर्दा आत्महत्याको दर प्रत्येक वर्ष झन बढ्दो मात्रामा देखिन्छ । मानसिक रोग यहाँ मृत्युको कारक रोगमध्ये १३ औं नम्बरमा आउँछ । यहाँको केन्द्र र राज्य सरकारले मानसिक रोग भएकालाई उपचारका लागि विभिन्न गोप्य परामर्श, उपचारहरु समेत उपलव्ध गराउने गरेको छ । यद्यपि मानसिक रोग अपेक्षित रुपमा नियन्त्रणमा आउन सकेको छैन ।

यसरी मानसिक रोग सबैभन्दा बढी युवाहरुमा हुने गरेको छ । त्यहाँ रहेका नेपालीहरुमा आफ्ना समस्याहरु अरुलाई भन्ने वातावरण नभएकाले समेत समस्या थपिदै गएको उनको भनाइ छ । एकातिर सामाजिक सहयोग र सहकार्य कम हुने र आफ्नो नजिकको परिवार पनि आफुसँग नहुने भएकाले मानसिक रोगले अझ समस्या सृजना गरेको हो ।

मेलबर्नमा मानसिक रोग विशेषज्ञका रुपमा काम गरिरहेका डा. अनुपम पोखरेल नेपालीहरुमा मानसिक समस्या बढ्दै जानुमा अष्ट्रेलिया आउनुअघि जे सोचेर आएको हुन्छ, त्यस्तो वास्तविकता नहुने र नेपालमा परिवारले आवश्यकताभन्दा धेरै अपेक्षा गर्नाले समस्या आउने गरेको हो ।

विद्यार्थीहरु त्यहाँ जानुअघि नै त्यहाँको वास्तविकता र यथार्थसँग परिचित भएर गएको खण्डमा केही हदसम्म उनीहरुलाई सहज हुने अध्ययनले देखाउँछ । यसरी आफूलाई सम्हाल्न नसक्दा आत्महत्यासम्मको बाटो आफ्नो सन्ततीले रोज्न थालेपछि ऋण, सापटी गरेर अष्ट्रेलिया पठाउने आमा बुबाको अवस्था के होला । यतातिर पनि सोच्नुपर्ने अवस्था आएको छ । यस्तै सरोकारवालाले यस विषयमा गंभीर भएन भने यस्तो दुःखद घटनाहरु बारम्बार नदोहोरिएला भन्ने सकन्न । त्यसैले सबै बेलैमा सचेत हुने कि ?

प्रतिक्रिया दिनुहोस्