किरण चेम्जोङलाई‌ माल्दिभ्स फुटबलको उत्कृष्ट गोलकिपर अवार्ड



काठमाडौं : नेपाली राष्ट्रिय टिमका गोलकिपर किरण चेम्जोङले माल्दिभ्स फुटबलको उत्कृष्ट गोलकिपर अवार्ड जितेका छन् । माल्दिभ्स फुटबल संघले उनलाई उत्कृष्ट गोलकिपरको अवार्ड प्रदान गरेको हो । 

किरणको टोली ट्रस्ट एण्ड केयर स्पोर्ट्स क्लबले यस सिजनको लिग उपाधि जित्दा उनी सर्वोत्कृष्ट गोलकिपर बनेका थिए । किरणको टोलीले लिग अवधिभर खेलेका १६ मध्ये  ५ खेलमा मात्र गोल खाएको थियो । 

किरण अहिले नेपालमा भएकाले ट्रस्ट एण्ड केयर स्पोर्ट्स क्लबका मोहम्मद नीजामले उनको अवार्ड लिएका थिए । 

प्रतिक्रिया दिनुहोस्