‘हट’ तस्बिरले तहल्का मच्चाउने ईशा गुप्ता, इन्स्टाग्राममा छन् ४० लाख फलोअर्स



चलचित्र क्षेत्रमा ‘हट’ तस्बिर सार्वजनिक गरेर चर्चामा आउने प्रचलन निकै बढ्दो छ । अभिनेतामा भन्दा पनि अभिनेत्रीहरुमा यसको प्रभाव बढी रहेको पाइन्छ ।

बलिउड, हलिउड मात्र नभइ कलिउडमा समेत विस्तारै यस्तो प्रवृति हाबी हुन थालेको छ ।

अझ सबैभन्दा लोकप्रिय बनेको सामाजिक सञ्जालले यसको प्रभाव बढी नै पारेको छ । सामाजिक सञ्जाल एकाउन्टमार्फत तस्बिर सेयर नगर्ने अभिनेत्री कम नै पाइन्छ । त्यसमाथि पनि हट लुक्स देखाउने होडबाजी नै पाइन्छ ।

यसैबीच, हट तस्बिरका कारण निकै चर्चामा आउने अभिनेत्री हुन्, ईशा गुप्ता । उनी सन् २०१२ मा महेश भट्टको फिल्म ‘जन्नत–२’ बाट बलिउडमा प्रवेश गरेकी थिइन् । त्यसपछि उनी बोल्ड अभिनयका कारण चर्चामा आउँदै गइन् ।

३४ वर्षिया ईशा प्रायजसो सामाजिक सञ्जालमा हट तस्बिर सेयर गरिरहन्छिन् । उनका छोटा कपडा लगाएका तस्बिरदेखि बिकीनी लगाएका तस्बिरसम्म सबै सामाजिक सञ्जालमा निकै रुचाइँन्छन् ।

उनको इन्स्टाग्राममा ४० लाख फलोअर्स रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्