लमजुङमा बम विस्फोट



लमजुङ : उपनिर्वाचनमा मतदान चलिरहेकै समयमा लमजुङमा बम विष्फोट भएको छ ।

सुन्दरबजार नगरपालिका वडा नं २ को वडाअध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । मतदाताहरू मत खसाल्न मतदान केन्द्रमा लाइन लागेका बेला बम विष्फोट भएको प्रहरीले जनाएको छ ।

ठूलो आवाजकासाथ बम पड्किएपछि मतदाताहरु केहीबेर क्रसित भएका थिए । विष्फोटबाट कुनै मानवीय क्षति नभएको र मतदान जारी रहेको जनाईएको छ।

प्रतिक्रिया दिनुहोस्