उपनिर्वाचन मत परिणाम : कुन क्षेत्रबाट को विजयी ?



दाङ : शनिबार सम्पन्न उप निर्वाचन अन्तर्गत घोराही उपमहानगरपालिका-१६ को मत गणना सकिएको छ वडाअध्यक्षमा नेपाली कांग्रेस ताराबहादुर डिसी विजयी भएका छन् । उनले नेकपाका उम्मेदवार सुरेशबहादुर केसीलाई पराजित गरेका हुन्

अन्तिम मत परिणाम

ताराबहादुर डिसी (कांग्रेस)- 1218
सुरेशबहादुर केसी (नेकपा)- 1117
जगलाल चौधरी (स्वतन्त्र)- 720
विमला पुन (संङीय समाजवादी):  31
प्रकाश के.सी (राप्रपा): 19
पहलमान आले(नेशनल मंगोल): 30
समीर वली (स्वतन्त्र): 23

चितवन : भरतपुर महानगरपालिका -१६ को वडा अध्यक्षमा  नेपाली काङ्ग्रेसका उम्मेदवार अमृतराज हमाल विजयी भएका छन । हमालले नेकपाका उमेदवार भक्तराज हमाललाई ३०८ मतको अन्तरले जितेका छन ।

अमृतले ३१८३ र नेकपाका उम्मेदवार भक्तराज हमालले ल्याए २८७५ मत ल्याएका छन । नेकपाको पकडको क्षेत्रमा काङ्ग्रेस बिजयी भएको हो ।

रौतहट : रौतहटको गढीमाई नगरपालिका-२ मा कांग्रेसका उम्मेद्‍वार दिपेन्द्र श्रेष्ठ विजयी भएका छन् । १७५ मतले श्रेष्ठ विजयी भएका हुन् ।  उनले ७७१ मत पाउदा नेकपाका जवार मियाले ५९६ मत पाए ।

 त्यसैगरी समाजवादीले १२२  राजपाले १६ र जनमत पार्टीले १२ र राप्रपाका उम्मेद्‍वारले ४ मत पाएका छन् । बदर २८ रहेको छ ।

गढीमाई-२ मा रहेको समनपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको क र ख केन्द्र तथा श्री प्रावि हथिऔल केन्द्रमा मतदान भएको थियो ।उक्त वडामा १८ सय २२ मतदाता रहेको मा १५ सय ४४ मत खसेको हो ।

पोखरा : शनिबार सम्मपन्न उपनिर्वाचन अन्तर्गत एकमात्र प्रतिनिधिसभा सदस्यका लागि भएको कास्की–२ को मतगणना आइतबार बिहानबाट सुरु भएको छ ।  प्रारम्भिक तपरिणाम सार्वजनिक भएको छ । प्रारम्भिक मतपरिणाममा नेकपाकी उम्मेदवार विद्या भट्टराईले अग्रता कायम गरेकी छिन्। 

भट्टराईले ३२७६ मत पाएकी छिन् । नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले २११५ मत प्राप्त गरेका छन् ।  समाजवादी पार्टीका धर्मराज गुरुङले ९५, राप्रपाका सोमबहादुर भण्डारीले ४७, साझा पार्टीकी रजनी केसीले ३२ मत पाएकी छिन्। राति पौने २ बाट मतगणना सुरु गरिएको हो।

यो परिणाम पोखरा महानगरपालिका ३३ वडाको  ९ वटा केन्द्रको मतगणना गर्दाको हो।

नेपालगन्ज : बाँकेको कोहलपुर नगरपालिका-६ को वडाअध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का रामशरण थारू विजयी भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार श्रीकृण थारूलाई पराजित गरेका हुन् । 
रामशरणले ८०० र श्रीकृष्णले ७३७ मत ल्याएको मुख्य निर्वाचनको कार्यालयले जनाएको छ ।

 राप्रपाका श्रीधर सुवेदीले ६१, समाजवादी पार्टीका शुभाखर पोखरेलले १० र नेपाल मजदुर किसान पार्टीका दीपालक्ष्मी हमालले १३ प्राप्त गरिन ।

कोहलपुरमा दुई हजार २६ मतदाता रहेकोमा एक हजार २६ मत खसेको थियो । १४ मत बदर भएको थियो ।
कोहलपुरमा यसअघि वडाअध्यक्ष पदमा कांग्रेसका रामशोहन थारू विजयी भएका थिए ।

लमजुङ : लमजुङको सुन्दरबजार नगरपालिका २ परेवाडाँडाको अध्यक्षमा नेकपाका नवीनकुमार श्रेष्ठ बिजयी भएका छन् । शनिबार भएको उपनिर्वाचनबाट श्रेष्ठले ९८९ मत ल्याई बिजयी भएका हुन् । उनका प्रतिद्धन्दी नेपाली कांग्रेसका प्रकाश सेढाइँले ४ सय ८४ मत पाएको निर्वाचन अधिकृत हरिश्चन्द्र ढुंगानाले बताए । स्थानीय तह निर्वाचनमा सुन्दरबजार नगरपालिका २ बाट वडाअध्यक्ष पदमा निर्वाचित नेकपाका लोकराज पाण्डे जिल्ला समन्वय समितिमा निर्वाचित भएपछि उक्त वडामा उपनिर्वाचन भएको हो ।

यस्तै बागलुङको बडिगाढ गाउँपालिका वडा नं. २ को वडा अध्यक्षमा ढालप्रसाद शेरचन विजयी भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उमेदवार शेरचनले ७०४ मत प्राप्त गर्दा काँग्रेस उमेदवार डिलबहादुर रानाले ४१२ र समाजवादी पार्टीका हरीलाल रानाले ६ मत प्राप्त गरेका थिए । । तत्कालिन वडा अध्यक्ष विष्णुप्रसाद भुषाल जिल्ला समन्वय समितिको उपप्रमुखमा निर्वाचित भएपछि रित्त रहेको उक्त स्थानमा उपनिर्वाचन भएको थियो ।

सल्यान : सल्यान वडा नम्वर ५ वडा अध्यक्ष पदमा नेकपा उम्मेदवार धर्मे वुढाथोकी ७सय ९२ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकतम प्रतिद्धन्द्धी नेपाली काँग्रेस खड्क वहादुर वोहरलाले २सय ५१ मत प्राप्त गरेका छन् । यस्तैै राप्रपाका गोपाल शाहले २१ मत पाएका छन् । अन्नपूर्ण पोष्ट र गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्