आर्सनलमाथि लिभरपुलको शानदार जित



एजेन्सी : लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलमाथि शानदार जित हात पारेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा लिभरपुलले रोबर्टो फिर्मिनोको ह्याट्रिकको मद्दतमा आर्सनललाई ५–१ ले हराएको हो । 

घरेलु टोली लिभरपुलबिरुद्ध खेलको ११औं मिनेटमा आर्सनलका एन्स्ले मेटल्यान्डले गोल गरेका थिए । तर, १४औं मिनटमा रोबर्टो फिर्मिनोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । 

१६औं मिनेटमा फिर्मिनाले गोल गर्दै लिभरपुललाई २–१ को अग्रता दिलाए । ३१औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई ३–१ को अग्रता दिलाए । 

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा सोक्राटीले सलाहलाई फल गरेपछि लिभरपुलले पेनाल्टीको मौका पायो । जसलाई उनी आफैले सदुपयोग गर्दै लिभरपुलाई पहिलो हाफमै ४–१ को अवस्थामा ल्याए ।

६५औं मिनेटमा रोबर्टो फिर्मिनोले पेनाल्टीमार्फत गोल गर्दै खेलमा ह्याट्रिक पुरा गरे । त्यसपछि थप गोल निस्कन नसक्दा लिभरपुलले आर्सनलमाथि ५–१ को शानदार जित निकाल्यो ।

जितपछि लिभरपुलले ९ अंकको अग्रता बनाएको छ । लिभरपुलको २० खेलबाट ५४ अंक पुगेको छ । दोस्रो स्थानको टोटेनहमको समान खेलबाट ४५ अंक रहेको छ । पराजित आर्सनल ३८ अंक जोडेर पाँचौ स्थानमा यथावत छ ।

प्रतिक्रिया दिनुहोस्