सकियो नेकपा बैठक, यस्ता छन् निर्णय



काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बुधबार बसेको सचिवालय बैठक सकिएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा आज वैठक बसेको हो ।

बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीको पछिल्लो स्वास्थ्य अवस्थाबारे सचिवालय सदस्यहरुलाई जानकारी गराएका थिए ।

बैठकले प्रधानमन्त्रीको स्वास्थ्यमा भइरहेको सुधारप्रति प्रशन्नता प्रकट गर्दै उनको सुस्वास्थ्यको कामना गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

बैठकमा भर्खरै सम्पन्न उपनिर्वाएचनको सम्बन्धमा समिक्षत्मक प्रतिवेदन बुझाउन मातहतका कमिटिलाई निर्देशन जारी गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार आगामी बैठकले संगठनात्मक एकीकरणका बाँकी कार्यभार टुङ्ग्याउने छ । त्यस्तै, अर्को बैठकले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकको मिति पनि तय गर्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्