विश्वकै सबैभन्दा ‘सेक्सी’ पुरुष बने ऋतिक रोशन, दोस्रोमा शाहिद कपूर



एजेन्सी : बलिउड अभिनेता ऋतिक रोशन विश्वभरीका एसियाली पुरुषहरुमा सबैभन्दा कामुक पुरुषको पहिलो नम्बरमा पर्न सफल भएका छन् । उनी विश्वकै ५० एसियाली व्यक्तिको सूचीमा पहिलो नम्बरमा परेका हुन् ।

सन् २०१९ को विश्वका एसियाली कामुक व्यक्तिहरुको सूचीमा ऋतिक रोशन एक नम्बरमा पर्न सफल भए भने बलिउडकै अर्का अभिनेता शाहिद कपूर दोस्रो नम्बरमा परेका छन् । यसैगरी, बलिउडकै अर्का अभिनेता टाइगर श्राफले चौथो नम्बरमा परेका छन् ।

ऋतिकलाई सन् २०१९ को लागि सबैभन्दा कामुक व्यक्ति बन्नका लागि सबैभन्दा धेरै भोट हालिएको थियो । यसै वर्ष नै उनका दुईवटा फिल्म ‘सपर–३०’ र ‘वार’ले उनको लोकप्रियता उचाईमा थियो । बहुप्रतिभाशाली, सकारात्मक र अतिरिक्त शक्ति र साहसका कारण उनलाई धेरै वर्षदेखि ‘सेक्सी’ व्यक्तिको सूचीमा पहिलो नम्बरमा राखिँदै आएको छ ।

युके बेस्ड ईस्टर्न आई न्युजपेपरले तयार गर्ने उक्त सूची विश्वभरीका दर्शकद्वारा गरिएको भोट, सकारात्मक प्रतिक्रिया, मिडियाको आधारित हुने गर्छ । उक्त पत्रिकाका सम्पादक असजद नाजिरले आफ्नो ट्विटरमा उक्त सूचीमध्ये शिर्ष ६ जनाको नाम प्रकाशित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्