पुरुष फुटबलमा भुटानद्वारा माल्दिभ्स पराजित



काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा भुटानले माल्दिभ्सलाई २–१ गोल अन्तरले पराजितगरेको छ ।

दशरथ रंगशालामा आाज भएको खेलमा भुटानको जितमा छिमी दोर्जे र फुर्ब थिन्लेले एक एक गोल गरे । माल्दिभ्सका होम्जा मोहमदले एक गोल फर्काए । जितसँगै भुटानले ३ खेलमा ६ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्