इन्काउन्टरमा ४ जना बलात्कारी मारिएपछि प्रहरीको हातमा बाँधियो राखी



दिल्ली : हैदरावादमा पशुचिकित्सकलाई बलात्कारपछि हत्या गरेका बलात्कारीहरुलाई इन्काउन्टर गरेका प्रहरीलाई हैदराबाद महिलाहरुले राखी बाँधिदिएका छन् । इन्काउन्टरमा चारैजना अभियुक्त मारिएपछि स्थानीय महिलाहरु जम्मा भएर ती प्रहरीहरुलाई राखी बाँधेर सम्मान गरेका हुन् । यो सम्मान र कदरपछि प्रहरीमा राम्रो काम गर्नका लागि हौसला बढेको बताइएको छ ।

राखी बाँध्दै हैदरावाद प्रहरीलाई त्यहाँका महिलाहरुले ‘रक्षक’को संज्ञा दिएका छन् । यस अवसरमा पुष्पवर्षा पनि गरिएको छ । हैदरावाद इन्काउण्टरले भारतभर नयाँ बहस सुरु भएको छ । भारतको तेलंगाना महिलाहरु यस अवसरमा बलात्कारीलाई मृत्युदण्ड देऊ भन्दै सडकमा उत्रिएका छन् ।

गत २७ नोभेम्बरको राती एक पशुचिकित्सक डा. प्रियंका रेड्डीलाई ४ जनाले बलात्कार गरी फ्लाई ओभर मुनि आगो लगाएर जीउँदै जलाएका थिए । यसले भारतीय जनतामा र विशेष गरी भारतीय महिला तथा विश्वभरका मानिसहरुमा स्तब्धता छाएको थियो । इन्काउन्टरपछि अहिले जनआक्रोश केही मत्थर भएको छ ।

प्रतिक्रिया दिनुहोस्