पिकनिक जानेक्रममा बस दुर्घटना, १३ घाइते


झापा : पूर्वपश्चिम राजमार्गअन्तर्गत बिर्तामोड सडकखण्डको रेखापुल नजीकै आज (शनिबार) बिहान भएको बस दुर्घटनामा परी १३ जना घाइते भएका छन् । झापाको दमकबाट वनभोजका लागि इलामको कन्याम हिँडेको ना६ख ६१८१ नंको बस दुर्घटनमा परेको हो । दुर्घटनामा परी घाइते भएका सबैको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक होमप्रसाद अधिकारीले जानकारी दिए ।

प्रहरी निरीक्षक अधिकारीका अनुसार दुर्घटनामा परी बसका सहचालक मोरङ पथरी–१ निवासी ३० वर्षीय विकास लिम्बूसहित दमक–१० निवासी २७ वर्षीय सन्तोष खड्का, सोही ठाउँ निवासी १९ वर्षीय पवन खड्का र उर्लावारी–३ निवासी १७ वर्षीया स्मृति धिमाल रहेका छन् ।

त्यस्तै दुर्घटनामा परी दमक–१० निवासी १४ वर्षीय अभय धिमाल, मोरङ उर्लावारी–७ निवासी २२ वर्षीया माया घिमाल, दमक–१० निवासी १८ वर्षीया विविशा धिमाल, सोही ठाउँ निवासी १९ वर्षीया विनिता हमाल, २२ वर्षीय रोशन धिमाल, २८ वर्षीय नेत्र नेपाली, १८ वर्षीय आयुष नेपाली, १९ वर्षीय प्रदीप रिजाल र ४० वर्षीया नैनकला खड्का रहेका छन् । (रासस)

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं: बैकिङ करिर शुरु गर्न चाहनेहरुको लागि खुसीको खबर आएको छ । बित्तीयससंस्थामा काम गर्न

धुलिखेल: धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयू)मा आन्दोलनरत पक्षद्वारा अझै तालाबन्दी नखुल्ने सङ्केत देखिएको छ । आफ्ना

काठमाडौं।नेपाल पञ्चाङ्ग निर्णायक समितिले नयाँ वर्ष विसं २०७७ का लागि १३ पञ्चाङ्ग (पात्रो) लाई स्वीकृति

काठमाडौं : अमेरिकाको सिनेटमा राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्धको महाभियोगको सुनुवाइ सुरु हुँदा रिपब्लिकन तथा डेमोक्र्याटहरू अब

भैरहवा : लुम्बिनीमा रहेका बिभिन्न देशका बौद्ध बिहारहरु गेष्ट हाउसको रुपमा सञ्चालनमा हुँदा ब्यवसायीको लगानी

काठमाडौं : मकवानपुर जिल्लाको थाहा नगरपालिका–४ मा रहेको रमणीय र पर्यटकीय दामन घुम्ने अभिलासा बोकेर

काठमाडौं : राजीनामा नदिने लामो अडानपछि शिवमाया तुम्बाहाङ्फेले सोमवार संसद् बैठकमै उपसभामुख पदबाट राजीनामको घोषणा

काठमाडौं : शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको सातौं चरणका खेल सकिएको छ। सातौं चरणको

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसै वर्ष नेपाल भ्रमणमा आउने भन्दै सन् २०२० को

मकवानपुर : मकवानपुर जिल्लाको थाहा नगरपालिका–४ दामनस्थित पानोरमा रिसोर्टमा आठ भारतीय पर्यटकको मृत्यु भएको छ

श्रीलङ्का : श्रीलङ्काली राष्ट्रपति गोटाबय राजपक्षले गृहयुद्धका बेला बेपत्ता भएका २० हजारभन्दा बढी मानिसको मृत्यु

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज (मंगलबार) केहीबेरमा ’भिडियो