दिलिप भन्छन् – ‘निर्मलाको हत्यारा मै हुँ’



काठमाडौं : ‘छापामार अनुसन्धान’का लागि केन्द्रबाटै खटिएको निर्मला हत्यामा संलग्न दोषी पत्ता लगाउने अनुसन्धान टिम कहाँ छ, कसैलाई थाह छैन । तर ‘निर्मलाको हत्यारा मै हुँ’ भनेर दिलिपसिंह विष्ट स्वयम् टक्रिएको एक भिडियोमा देखाइएको छ । तर यसले अनुसन्धानमा रहेको टिमको टेन्सन साफ गर्ने वा नगर्नेवारे द्विविधा उत्पन्न गरेको छ ।

फिल्डमा रातदिन खटिरहेको छापामार अनुसन्धान टिमबाट यो कुरा आएको छैन, तर काठमाडौंका मिडियामा यो कुरा छाइसकेको छ । जानकारी अनुसार एक भिडियो प्राप्त गरेको भन्दै दिलिपसिंह बिष्टको मुखाकर बयान नै प्रमाण भएको बताइएको छ ।

सार्वजनिक चोकको एक चिया पसलमा अन्य व्यक्तिसँग कुरा गर्दै बिष्टले निर्मलाको साइकल पनि आफैले बनाइदिएको र उनलाई बोकेर खोला पारी लगेर जबरजस्ती करणी गरी ज्यान लिएको बताइएको छ । उनले सार्वजनिक चोकको एक चिया पसलमा अन्य व्यक्तिसँग कुरा गर्दै निर्मलाको साइकल पनि आफैले बनाइदिएको र उनलाई बोकेर खोला पारी लगेर जबरजस्ती करणी गरी ज्यान लिएको बताएको खुलासा गरिएको छ । केही सञ्चार माध्यमहरुले यो भिडियो प्रहरीले यस अघि नै सार्वजनिक गरी प्रमाणका रुपमा पेश गर्न खोजे पनि डीएनए नमिलेको भन्दै हाजिरी जमानीमा दिलिपसिंह बिष्ट छुटेका थिए भनेर त्यसको आधिकारिकता नभएको पनि बताइरहेका छन् ।

दिलिपसिंह बिष्टको मानसिक अवस्था ठीक नभएको र अरुले जेजे सिकायो, त्यही त्यही भन्ने गरेको स्थानीयहरुले बताउँदै आएका छन् । यस कुरामा स्थानीय पटक्कै विश्वास गर्दैनन् । हाल छापामार अनुसन्धान टिम पनि स्थलगत अनुसन्धानमा रहेका बेला यदि दिलिपसिंह बिष्टले फेरि यो नयाँ कुरा पनि बोलेका रहेछन् भने छापामार अनुसन्धानमा दिलिप सिंह पनि समावेश भएका छन् कि भन्ने स्थानीयले हाँसोउठ्दो प्रश्न गर्न थालेका छन् ।

निर्मलाको बलात्कार र हत्यापछि प्रमाण नष्ट गर्नका लागि अपराधीले गरेको हर्कत प्राविधिक र सचेतनाका हिसावले निकै चलाखीपूर्ण तौरतरिका अपनाएको देखिन्छ । लाशबाट भेजिनल स्वाब नै नभेटियोस् भनेर पानीमा लाश डुबाएर राखेको देखिदा प्राविधिक हिसाबले अपराधी या त पेशेवर या त यसबारे माथिल्लो स्तरकै ज्ञानराख्ने हैसियतको प्रष्ट देखिन्छ ।

त्यपछिको प्रहरीको संलग्नता कम शंकास्पद छैन । सुरक्षा संयन्त्र नै प्रयोग गरेर लाश धोइपखाली गर्न लगाउने र प्रमाण नष्ट गराउने आदि दिमाग नै ठीक ठाउँमा नभएको दिलिपसिंहको पहुँचमा हुन सक्दैन । अनुसन्धानविद तथा वकिलहरु भन्छन्, यदि दिलिपले नै उक्त घटना घटाएको भए घटनाको प्रकृति योभन्दा भिन्न हुनेमा कसैको आशंका रहँदैन ।

प्रतिक्रिया दिनुहोस्