ट्रकले ठक्कर दिदा बालिकाको मृत्यु, स्थिति तनावग्रस्त



बाँके : बाँकेको कोहलपुरमा ना २ ख ९४५९ नंम्बरको ट्रकले स्कुले बच्चालाई ठक्कर दिदा मृत्यु भएको छ । बालिकाको मृत्यु भएपछि उक्त क्षेत्रमा तनावग्रस्त भएको छ ।

आज आईतबार विहान पौने दश बजे कोहलपुरस्थित त्रिभुवन माध्यामिक विद्यालय नजिकै ट्रकले सोही स्कुलमा पढ्ने विद्यार्थीलाई ठक्कर दिएको हो । ठक्करबाट बालिकाको घटनास्थलमै ज्यान गएपछि त्यहाँ तनाव उत्पन् भएको थियो ।

घटनापछि आक्रोशित भएको भिडले बालिकालाई ठक्कर दिने ट्रकमा आजगनीको प्रयास गरेको छ भने आधा दर्जन अन्य गाडीमा समेत तोडफोड गरिएको प्रहरीले जनाएको छ ।


प्रहरीले भिडलाई नियन्त्रणमा लिन ४ राउण्ड अश्रुग्याँस पायर गरीएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । घटनापछि कोहलपुरमा ठुलो सँख्यामा प्रहरी परिचालन गरीएको छ ।

प्रतिक्रिया दिनुहोस्