नागरिक अधिकारको प्रत्याभूतिको दृष्टिकोणले नेपालको अवस्था निकै समुन्नत– प्रधानमन्त्री ओली



काठमाडौं : विश्व मानव अधिकार दिवसको अवसरमा आज (मंगलबार) शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिक तथा राजनैतिक अधिकारको प्रत्याभूति र उपभोगको दृष्टिकोणले नेपालको अवस्था निकै समुन्नत रहेको जनाएका छन् ।

आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको क्षेत्र र खासगरी राज्यले विशेष रुपमा ध्यान दिनुपर्ने ज्येष्ठ नागरिक, आर्थिक रुपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका व्यक्ति, असहाय एकल महिला, अपाङ्गता भएका व्यक्ति, बालबालिका, आफ्नो हेरचाह आफैँ गर्न नसक्ने तथा लोपोन्मुख जातिलाई लक्षित गरी सामाजिक सुरक्षा सम्बन्धी कानून लागू गरिएको उल्लेख प्रधानमन्त्री ओलीले आफ्नो शुभकामना सन्देशमा दिएका छन् ।

निःशुल्क आधारभूत स्वास्थ्य सेवा तथा आकस्मिक स्वास्थ्य सेवा पाउने हक कार्यान्वयनको लागि जनस्वास्थ्य सम्बन्धी कानून, रोजगारीको हक सुनिश्चित गर्न तथा वेरोजगार सहायता सम्बन्धी व्यवस्था गर्ने रोजगारीको हक सम्बन्धी कानून, आवास विहिन नागरिक तथा परिवारलाई आवास सुविधा उपलब्ध गराउने, भूमिहिन दलितलाई जमिन उपलब्ध गराउने, आधारभूत सम्मको अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी कानूनी व्यवस्था भई कार्यान्वयनमा रहेका छन् ।

प्रधानमन्त्रीले जारी गरेको शुभकामना सन्देशः-

प्रतिक्रिया दिनुहोस्