आईजीपीविरुद्ध लाग्ने को–को ?



काठमाडौं : नेपाल प्रहरीभित्र अहिले आईजीपी सर्वेन्द्र खनालविरुद्ध केही बरिष्ठ प्रहरी अधिकारीहरु लागेको रहस्य खुलेको छ । आईजीपी खनाल हट्दैछन् भन्ने हल्ला चलाएकोमा खनालले असन्तुष्टि जनाएका छन् । आईजीपी खनालले पीसीसी मिटिङमै यस्तो कुरा राखेपछि मिटिङमा उपस्थित प्रहरी अधिकारीहरु एकअर्काको मुख हेर्दै बसेको थिए । यसबारे मुखै खोलेर आईजीपी खनालले पुलिसमा चल्ने खेती पनि कस्ता हुन थाले भने, एउटापछि अर्को गर्दै ‘आईजीपी हट्दै छन्’ भनेर हल्ला गराउने ।

यसका लागि हेडक्वार्टभित्रैबाट ठूल्ठूला अफिसर सक्रिय भएको भनी आईजीपी खनालले केही दिनअघि पीपीसी बैठकमै भने– ‘को–को लाग्या छन्, सबै थाहा छ ।’ उनीमाथि प्रहरी मुख्यालयबाटै आईजीपी हट्दैछन भनेर बाहिर प्रचारमा आएपछि आईजीपी खनाल तनावमा रहेका छन् । आफ्नै सहकर्मीबाट यस्तो हल्ला चलाएपछि उनले यसको प्रतिवाद गरेका हुन् ।

आईजीपी खनाललाई आफ्नै सहकर्मीबाट पेलिनुको पीर यतिमा मात्र सिमित छैन । उनलाई बदनाम गराउनको लागि इन्काउन्टरको घटनालाई पनि जोड्ने गरिएको छ । केही वर्ष अघि कुमार घैटे, चरी, कुमार पौडेलको हत्याको विषयलाई पपन बाहिर ल्याउने काम गरिरहेको छ । यसलाई बढावा दिएको मानवअधिकार आयोगले ।

घैंटे मारिनुअघि मारिएका अर्का गुण्डा नाइके दिनेश अधिकारी (चरी) बारेको कुरालाई ओझेलमा पार्दै घैंटे प्रकरण अगाडी ल्याउनलाई शक्तिकेन्द्रको प्रभाव भनी विश्लेषण हुन थालेको छ । घैंटे मारिँदा वर्तमान आईजी अपराध महाशाखाका प्रमुख थिए ।

सर्लाहीमा मारिएका विप्लव नेतृत्वको नेकपाका नेता कुमार पौडेलको पनि मुठभेडमा नभई नियन्त्रणमा लिई मारिएको खुल्न आएको छ । मानवअधिकार आयोगको रिपोर्टसँगै आईजीपी हट्ने हल्ला पनि चलाइएको थियो । यसपछि अख्तियारमा खरिद प्रकरणको उजुरी परेपछि त आईजीपी हट्छन् भन्ने हल्लाले व्यापकता पायो । तर अर्कोतिर भने कुमार पौडेल घटनाको छानबिन प्रतिवेदन हतार–हतारमा बाहिर ल्याइँदा पनि त्यो कार्यान्वयन हुन सकेन । यसरी चौतर्फी आक्रमणमा पर्न थालेपछि आईजीपी खनालले बैठकमै आफू विरुद्ध लाग्ने अधिकृतको सातो लिएको बताइन्छ ।

यसरी सामान्यतया मानवअधिकार आयोगले कुनै संवेदनशील विषयको अध्ययन गरेपछि त्यस्तो प्रतिवेदन राज्यका निश्चित निकायका पनि प्रमुख व्यक्तिलाई मात्रै दिइन्छ, सार्वजनिक गरिँदैन ।
तर, कुमार पौडेल घटनाको छानबिन प्रतिवेदन हतार–हतारमा बाहिर ल्याइँदा न त्यो प्रतिवेदन कार्यान्वयन हुन सक्यो, न त्यो प्रतिवेदन हतारमा ल्याइनुको अर्को उद्देश्य नै पूरा भयो । प्रतिवेदन तयार पार्ने क्रममा न घटनास्थलको जानकारी लिन प्रहरीले उठाएको मुचुल्का अध्ययन भएको छ, न त अनुसन्धान अधिकृतसँगै सोधपुछ गरिएको छ ।

घटनास्थल अनुसन्धान विशेषज्ञबिना हत्याका कसुरमाथिको छानबिन पूरा भएको मानिँदैन । कुमार पौडेल मारिदा हातको हड्डी भाँचिएको कुरा उल्लेख गर्दै गोली लागेर हैन, यातनाले मृत्यु भएको भनिएको छ । तर, दोहोरो भिडन्तमा खुट्टामा हानिएको गोली टाउकोमा लाग्न सक्ने, टाउकोमा हानिएको गोली अन्यत्र लाग्न सक्ने हुन्छ ।

प्रतिवेदनमा कुन हतियार प्रयोग भएको, कति एमएमको गोली लागिएको जस्ता कुरा छैनन् । राजनीतिनक प्रतिवेदनको शैलीमा ‘बल प्रयोग’ को कुरा उल्लेख छ । प्रतिवेदनमा हात खडा गर्न लगाइयो र गोली हानियो मात्रै भनिएको छ । तर, त्यही प्रतिवेदनमा लेखेअनुसार कुमार पौडेलको हात कसरी भाँचियो भन्नेबारे त्यसमा केही उल्लेख छैन । हतियारको रेञ्जअनुसार शरीरको कुन भागमा कति क्षति पु¥याउने, कति शक्तिशाली रूपमा गोली शरीरमा छिरेको छ भन्ने कुराको अध्ययन विशेषज्ञबिना सम्भव हुँदैन ।

त्यसमाथि कञ्चट र छातीबाहेकका ठाउँमा गोली लागेको मान्छे गोली लाग्नेबित्तिकै मर्दैन । त्यस्ता मान्छेलाई मर्न कम्तीमा पनि १०–१५ मिनेट लाग्छ । यसक्रममा उसले बाँच्ने आसमा गर्ने संघर्षका क्रममा कहाँ–कहाँ र कति चोट पुग्छ ? यसको ठेगान हुँदैन । ड्युटीमा बस्ने प्रहरी र घटनास्थल अनुसन्धानमा विशेषज्ञता हासिल गरेका प्रहरी फरक हुन्छन् । मानवअधिकार आयोगले त्यस्ता विशेषज्ञबिनै घटनाको निश्कर्ष निकालेको छ । आईजीपी सर्वेन्द्र खनालले यी घटनाहरुलाई अतिरञ्जित तरिकाले प्रस्तुत गरिएकोमा चित्त दुखाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्