कुन कुन टिम पुगे च्याम्पियन्स लिगको नकआउट चरणमा ?



काठमाडौं : युईएफए च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा पुग्ने टोलीको टुंगो लागेको छ ।
बुधबार राति समूह चरणको अन्तिम खेलहरु सकिएसँगै नकआउट चरणमा पुग्ने टोलीको टुङ्गो भएको हो।

समूह ‘ए’ बाट पिएसजी विजेता र रियल म्याड्रिड उपविजेता, समूह ‘बी’ बाट वायर्न म्युनिख विजेता र टोटनह्याम उपविजेता, समूह ‘सी’ बाट म्यानचेस्टर सिटी विजेता र एटलान्टा उपविजेता तथा समूह ‘डी’ बाट युभेन्ट्स विजेता र एट्लेटिको म्याड्रिड उपविजेताको रुपमा अन्तिम १६ मा पुगेका हुन्।

यसैगरी समूह ‘ई’ बाट लिभरपुल विजेता र नापोली उपविजेता, समूह ‘एफ’ बाट बार्सिलोना विजेता र बोरुसिया डर्टमुन्ड उपविजेता, समूह ‘जी’ बाट आरबी लेइपजिग विजेता र लियोन उपविजेता तथा समूह ‘एच’ बाट भ्यालेन्सिया विजेता र चेल्सी उपविजेता बनेर नकआउट चरणमा पुगेका छन्।

आगामी डिसेम्बर १६ मा नकआउट चरणको ड्र हुनेछन्। त्यसपछि मार्च १८ मा अन्तिम १६ का खेल सकिनेछन्।

प्रतिक्रिया दिनुहोस्