चितुवाको छालासहित एक पक्राउ


दैलेख : दैलेखमा चितुवाकोे छालासहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेखको चामुण्डा बिन्द्रासैनिनगरपालिका–४ तिलुखानाका ६८ वर्षीय शिवबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख हरिबहादुर वलीले बताए ।

शाहीले आफ्नै घरमा चितुवाको छाला लुकाइछिपाई राखेको भन्ने विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय दैलेख र कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट गएको संयुक्त टोलीले बुधबार दिउँसो शाहीको घरबाट सात फिट आठ इन्च लम्बाइ र दुई फिट दुई इन्च चौडाइ भएको पाटे चितुवाकोे छालासहित पक्राउ गरेको वलीले बताए । उनको घरबाट ९५ वटा चितुवाकोे हड्डीका टुक्रा पनि बरामद गरिएको छ ।

वन डिभिजन कार्यालय दैलेखका प्रमुख मनबहादुर रावतले निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ र निमावली, २०३१ अनुसार कारवाही हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : पत्रकार शालिकराम पुडासैनी आत्माहत्या प्रकरणमा सञ्चारकर्मी रवि लामिछानेसहित न्यूज २४ टिभिका पत्रकार युवराज

काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले यो आर्थिक वर्ष भित्रै बिद्धुतीय वस सञ्चालन गर्ने

कास्की : अन्नपूर्ण क्षेत्रमा हराइरहेका आफ्ना नागरिकहरूबारे जानकारी लिन नेपालस्थित दक्षिण कोरियाली राजदूतसहितको टोली पोखरा

दाङ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालको हितमा रहेका बताएका

काठमाडौं : सभामुख चयनको विषय टुङ्ग्याउन बसेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा

सिन्धुपाल्चोक :बाह्रबिसे नगरपालिकाले सडक मिचेर दायाँबायाँ बनाइएको घर–टहरा भत्काउँदा झडप भएपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले

मुग्लिन : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीले कमीकमजोरी गरेको थाहा भए नागरिकले आफ्नै ठानेर सम्झाउन

काठमाडौं : जाडो मौसममा चिसोबाट बच्न जति बाग्लो लुगाको जति भूमिका हुन्छ उत्तिनै खानाको पनि

काठमाडौं : आज (आइतबार) देशको पूर्वी भूभागलगायत मध्य तथा पश्चिमका पहाडी भूभागमा आंशिक बदली रही

सोलुखुम्बु : प्रहरीले सोलुखुम्बुलाई राष्ट्रिय विद्युत प्रसारण लाइनमा जोड्न आयोजित कार्यक्रममा गोली चलाएको छ। तिङ्लाको

काठमाडौं : हाँस्य कलाकार तथा निर्माता दिपकराज गिरीले गायिका आस्था राउतलाई प्रहरीसँग माफी माग्न सुझाव

दिल्ली : “हाम्रो बिहेको कुरा चलिरहेको थियो। तर उसको परिवारले कुनै न कुनै समस्या सिर्जना