नयाँ बसपार्कलाई राष्ट्रिय गौरवको बसपार्क बनाइने


गोँगबु : गोँगबुस्थित नयाँ बसपार्कलाई राष्ट्रिय गौरवको बसपार्क बनाइने भएको छ । नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्देश्यीय प्रालिद्वारा ल्होत्से मलमा स्थापना गरिएको ‘फिल्म हलको शुभारम्भ’ कार्यक्रममा देशकै एकमात्र राष्ट्रिय बसपार्कलाई गौरव गर्नलायक बसपार्क निर्माण गर्न लागिएको बताइएको हो ।

ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष दीपक कुँवरले काठमाडौँ महानगरपालिकाको सम्पत्ति नयाँ बसपार्कलाई नमूना बसपार्क बनाउन लागेको बताए । “नयाँ बसपार्कमा ‘पिक एण्ड ड्रप’को व्यवस्था गरेर नयाँ स्थानमा सवारी पार्किङ गर्ने स्थान निर्माण गर्ने लक्ष्य प्रालिले लिएको छ”, उनले भने ।

कामपा–२६ का अध्यक्ष ख्यामराज तिवारीले नयाँ बसपार्कलाई व्यवस्थितरूपमा सञ्चालन गर्न महानगरपालिकाले ल्होत्से प्रालिसँग सहकार्य गरेर काम गरिरहेको उल्लेख गरे । “नयाँ बसपार्क चाँडो नै नमूना बसपार्क बन्नेछ”, उनले भने ।

पाँच रोपनी क्षेत्रफलमा निर्माण गरिएको ल्होत्से मल साततलाको रहेको छ । उक्त मलमा पार्किङदेखि सपिङ सेन्टर, पार्टी प्यालेस, हेल्थ क्लब र फिल्महल रहेका छन् ।

आज शुभारम्भ गरिएको फिल्म हल आईएनआई गुप्रले सञ्चालन गरेको छ । दुईवटा फिल्महल रहेको उक्त मलमा ४८० जनाको क्षमता रहेको आईएनआईका सञ्चालक सुरेन्द्र थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं– विश्वव्यापीरुपमा फैलिरहेको कोभिड–१९ बाट उत्पन्न वर्तमान जटिल परिस्थितिमा मानव अधिकारको अवस्था अनुगमन गर्न मानव

काठमाडौं– सरकारले स्थानीय तह तथा अन्य निकायमार्फत व्यवस्थापन गरिएका क्वारेन्टाइनको मापदण्ड पुगे नपुगेकोबारे स्थलगत अवलोकन

एजेन्सी– दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमणबाट निको भएका ९१ जना पुनः संक्रमित भएको पुष्टि भएको

काठमाडौं– भारत सरकारले नेपालसहित १३ देशमा ‘हाइड्रोक्लोरोक्वीन’ निर्यात गर्न ‘क्लीयरेन्स’ दिएको छ । कोभिड–१९ संक्रिमत

काठमाडौं– भारतले कोभिड – १९ सँग लड्न नेपाललाई आफ्नो औषधीय आपूर्तिलाई जारी राख्ने एवम् सहज

वीरगन्ज– समादवादी पार्टीका नेता एवम पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादवले शुक्रबार एक

धनगढी : कैलाली र कञ्चनपुरसहित सुदूरपश्चिमका पहाडी जिल्लामा कोरोना भाइरसको र्यापिड टेष्ट गर्न थालिएको छ

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप नयाँ व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण नदेखिएको र सङ्क्रमितको

एजेन्सी– कोरोना भाइरसको संक्रमण भारतमा तिब्र गतिमा फैलिरहेको छ । भारतको स्वास्थ्य मन्त्रालका अनुसार संक्रमितको

एजेन्सी– कोरोनाभाइरसका कारण विश्वमा मृत्यु हुनेको संख्या ९७ हजार ५६ पुगेको छ भने १६ लाख

अमेरिका : अमेरिकामा कोभिड-१९ बाट अतिप्रभावित न्यूयोर्क राज्यमा सङ्क्रमित व्यक्तिको सङ्ख्या अरू कुनै देशको कुल

काठमाडौं : लकडाउनको पालनामा कडाइ गरिएपनि रातारात हिँडेरै काठमाडौं उपत्यका छाड्ने क्रम नरोकिएको प्रहरी र