सवारी दुर्घटनामा तेह्रको मृत्यु



पाकिस्तान : पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा शुक्रबार भएको एक सवारी दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ । बलुचिस्तान प्रान्तको झोब जिल्लामा यात्रुबाहक भ्यान र बस एक आपसमा ठोक्किँदा सो दुर्घटना भएको हो ।

ती दुई सवारी साधन ठोक्किँदा आगलागी भएको थियो । सो दुर्घटनामा परी तेह्र जना यात्रुको ज्यान गएको बलुचिस्तान प्रान्तका स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन् । दुर्घटनाग्रस्त भ्यान बसमा कति व्यक्तिहरु यात्रा गरीरहेका थिए भन्ने बारेमा केही सूचना दिइएको छैन ।

तेह्र जनाको ज्यान गएको र अरु बाँकी कति व्यक्ति घाइते भएका छन् भन्ने बारेमा पनि विस्तृत विवरण प्राप्त भएको छैन । प्रहरीले यस दुर्घटनाको बारेमा अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्