बलात्कारी वडाध्यक्ष छुटाउन कांग्रेसको प्रदर्शन


राजविराज : बलात्कार प्रयासको आरोपमा पक्राउ परेका वडा अध्यक्ष छुटाउन नेपाली कांग्रेसले हिजो (शुक्रबार) राजविराजमा प्रदर्शन गरेको छ । पक्राउ परेका शम्भुनाथ नगरपालिका–१२ का वडा अध्यक्ष लक्ष्मी साहसहित तीनजना निर्दोष रहेको बताउदै प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा ज्ञापनपत्र बुझाएको छ।

कांग्रेस सप्तरीका सभापति दिनेश यादवको नेतृत्वमा रहेको जुलुसले नगर परिक्रमा गरी बुझाएको ज्ञापनपत्रमा वडा अध्यक्ष साह र अन्य व्यक्तिलाई अविलम्ब रिहा गर्न माग गरिएको छ। कांग्रेस पार्टीले घटनाको सूक्ष्म अनुसन्धान गरेको र आरोपित निर्दोष रहेको ज्ञापनपत्रमा दाबी गरिएको छ।

राजनीतिक प्रतिशोधको भावनाले नियोजित ढंगले फसाएको दाबी सभापति यादवले गरे। यौन दुव्र्यवहारको आरोपमा प्रहरीले वडाअध्यक्ष साहसहित सोही ठाउँका अनीलकुमार राय अमात र नसिम मियाँलाई मङ्गलबार पक्राउ गरी उजुरी दर्ता गरेको छ।

गाउँमा उत्पन्न विवाद पञ्चेती ९छलफल० गरी मिलाइ दिने प्रलोभन दिएर गत मङ्सिर १२ गते ३४ वर्षीय महिलालाई बलात्कार प्रयास गरेको आरोपमा तीन जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको एसपी कृष्ण प्रसाईले बताए।

महिलाको १६ वर्षीय जेठो छोरा र २३ वर्षीया विवाहित महिलाबीच प्रेम सम्बन्ध रहेकोले विवाह गर्नुपर्ने गाउँलेको दबाब अस्वीकार गर्दै आएकी पीडितलाई छलफल गर्न बलात्कार प्रयास गरेको पीडितको आरोप छ।

नसिमले स १० प २५८३ नम्बरको मोटरसाइकलमा राखेर एकान्त चौरमा लगेको, वडा अध्यक्षले भनेको मान्नु भनी सल्लाह दिएको र वडा अध्यक्षले बलात्कार प्रयास गरेको पीडितको उजुरीमा उल्लेख छ। अन्नपूर्णपोष्टबाट

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

पोखरा : गण्डकी प्रदेशका सांसद दीपक मनाङे ६ हजार धरौटीमा रिहा भएका छन् । उनलाई

जनकपुरधाम : प्रदेश २ सरकारका मन्त्रीहरु बिचको विवाद सतहमा आएको छ । राजपा र समाजवादी

काठमाडौं : भारतको उत्तरपूर्वी भू–भागमा विकसित भएको मौसमी प्रणालीका कारण नेपालको पूर्वी, मध्य र पश्चिमका

काठमाडौँ : प्रतिनिधिसभाको रिक्त सभामुख पदको निर्वाचन आज केहीबेरपछि बस्ने बैठकमा हुँदैछ । सो पदका

एजेन्सी : चीनको वुहान शहरमा फैलिएको कोरोना भाइरसको कारण मृत्यु हुने संख्या ५६ पुगेको छ

एजेन्सी: कोरोना भाइरसका कारण चीनमा मृत्यु हुनेको संख्या ५६ पुगेको छ । आइतबार मात्रै १५

काठमाडौं : ‘बल्ने ढुङ्गा’को लोभमा एक जना व्यक्तिको ५० लाख लुटिएको छ । साथीहरुले ‘बल्ने

काठमाडौं : समयमै मानसिक रोगको उपचार भएमा सार्थक जीवन विताउनसक्ने मनोविद्हरुको जनाएका छन् । बङ्गलादेशको

काठमाडौं : सन् १९५४ देखि प्रत्येक वर्ष जनवरी महिनाको अन्तिम आइतबारका दिन पर्ने विश्व कुष्ठरोग

काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर आंशिक बदली रहने जनाएको छ ।आज (आइतबार)

जनकपुरधाम : जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले राष्ट्रियसभा निर्वाचनमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) सँग राष्ट्रिय

काठमाडौ : नेपालमा पनि कोरोना जिवाणु (भाइरस) भित्रिन सक्ने जनाउँदै स्वास्थ्य क्षेत्रका विज्ञले सचेत हुन