५० करोड लगानीको मौर्य होटल सञ्चालनमा



रुपन्देही : बुद्ध जन्मस्थल लुम्बिनीको प्रबेशद्धारका रुपमा रहेको सिद्धार्थनगर भैरहवामा युबा उद्यमी राम बहादुर कोइरीले ५० करोड लगानीमा मौर्य होटल स्थापना गरी सञ्चालनमा ल्याएका छन् । होटलको बिहीबार एक कार्यक्रमका बिच उदघाटन भएको छ ।

पछिल्लो समय रूपन्देही सदरमुकाम भैरहवामा हस्पिटालिटी क्षेत्र अर्थात् होटल ब्यबसायमा लगानी गर्ने क्रम बढेको छ । स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक आउने नाका साथै बुद्ध जन्मस्थल लुम्बिनीको प्रबेशद्वारका रूपमा अबस्थित तथा अन्तर्राष्ट्रिय बिमानस्थल निर्माण सम्पन्नताको क्रममा रहेकाले पनि भैरहवामा सम्भावना बढ्दै गएको क्षेत्र होटल ब्यवसाय रहेको र पर्यटन क्षेत्रमा थोरै भए पनि टेवा दिने उद्धेश्यले होटल निर्माण गरी सञ्चालनमा ल्याईएको मौर्य होटलका प्रबन्ध निर्देशक राम बहादुर कोईरीले बताए ।
भैरहवाको देबकोटा चोकदेखि ३ सय मिटर दक्षिण बेलहिया रोडमा मौर्य होटल अवस्थित छ ।

साढेसात कठ्ठा जग्गामा फैलिएको होटलमा पर्यटकलाई आबश्यक पर्ने सबै सुविधा उपलब्ध छन् । होटलमा ५३ कोठा छन् । सबै कोठा बातानुकुलित ९एसी सुबधिा०का छन् । होटलका कोठाहरूलाई स्वीट, प्रेसिडेन्टीयल, जुनियर स्वीट तथा सुपर डिलक्स रूममा बर्गिकरण गरिएको छ ।

होटल क्षेत्रमा लामो समयसम्म अनुभब रहेका दक्ष कर्मचारीको समूह होटलमा नियुक्त रहेको र स्तरीय सेवाका लागि सदैब प्रतिबद्ध एबं कटिबद्ध रहेको महाप्रबन्धक अमृत खनालले बताए ।
‘बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गर्न आउने मात्र नभई अन्य र आन्तरिक पर्यटक समेतलाई लक्षित गरी होटल सञ्चालनमा ल्याएको, कोइरीले बताए । होटललाई चारतारे सरहको हुने गरी निर्माण गरिएको छ ।

होटलमा आउँदो जेठ महिनाबाट स्वीमिङ पुल र क्यासिनो सञ्चालनका लागि पूर्बाधार थप गरिने कोईरीले जानकारी दिए । होटलको कुल लागत ५० करोड रूपैयाँ छ ।

होटलमा पार्किङको पर्याप्त ब्यबस्था हुनुका साथै विवाह पार्टीको निम्ति सुविधायुक्त २ वटा हल, साथै ठुलो रेष्टुरेन्ट, पर्यटकको सुबिधाका लागि लिफ्ट लगायत उपलब्ध रहेको महाप्रबन्धक खनालले बताए ।

होटलले ५० जनालाई रोजगारी दिएको छ । नेपाल भ्रमण बर्ष २०२० को पूर्वसन्ध्यामा स्तरीय होटल सञ्चालनमा आउँदा स्वदेशी एबं बिदेशी पर्यटकहरूले थप सेवा सुबिधासहित आतिथ्य सत्कार प्राप्त गर्नेछन् । स्तरीय होटल नहुँदा दशक अघि भैरहवा आएर पनि अन्यत्र जानु पर्ने बाध्यता अहिले अन्त्य भएको छ ।कारोबार दैनिकबाट

प्रतिक्रिया दिनुहोस्