शरीरमा लुकाएर भारत लैजादैँ गरिएको गाँजासहित पाँच पक्राउ



पर्सा : वीरगञ्ज महानगरपालिका–१८ मा लागूऔषध गाँजासहित पाँच जना पक्राउ परेका छन् ।

आइतबार जिल्ला प्रहरी कार्यालय पर्साले शरीरमा लुकाईछिपाई भारत लैजादै गरिएको ७ किलो गाँजासहित पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा १८ देखि २१ बर्षका वीरगन्ज महानगरपालिका–१८ का फुलमहमद मिया, नौसाद हुसेन, सखुवा प्रसौनी गाउँपालिका–१ मधुवनमथुवलका एजाजुल देवान, अली हुसेन देवान र ईजाजुल मिया रहेका छन् ।

उनीहरुले शरीरमा गाँजाको प्याकेट प्लास्टिकको टेपले बाँधेर लैजान लागेका थिए । भारतको रक्सौलतर्फ गइरहेका उनीहरुलाई वीरगञ्ज–१६ रजतजयन्ती चोकमा चेकजाँचको क्रममा पक्राउ गरिएको पर्साका प्रहरी नायब उपरीक्षक बिरेन्द्र बहादुर शाहीले बताए ।

पक्राउ परेका पाँचै जनाविरुद्ध लागूऔषध मुद्दामा म्याद थप गरार्इ आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस्