पत्रकार खाशोग्गीको हत्यामा संलग्न पाँच जनालाई मृत्युदण्ड, राजकुमार निर्दोष साबित



एजेन्सी : साउदी अरबका पत्रकार जमाल खाशोग्गीको हत्यामा संलग्न पाँच जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ ।

सोमबार साउदी अरबको सरकारी वकिल शलान अल–शलानले उनीहरुलाई प्रत्यक्ष रुपमा खशोग्गीको हत्यामा संलग्न भएका पाँच जनालाई मृत्युदण्डको सजाय सुनाएको बीबीबीलाई बताए । यसैगरी, अन्य तीन जनालाई २४ वर्षको जेल सजाय सुनाइएको छ ।

यसअघि, पत्रकार खशोग्गीको हत्यामा राजकुमार मोहम्मद बिन सलमानको हात रहेको आरोप लगाइएको थियो । राजकुमार सलमानका सल्लाहाकारसँग यस विषयमा सोधपुछ पनि गरिएको थियो तर उनीमाथि कुनै पनि प्रकारको आरोप लगाइएको छैन ।

खशोग्गीलाई अन्तिम पटक सन् २०१८ मा टर्कीको इस्तानबुलस्थित साउदी बाणिज्य दूताबासमा देखिएको थियो । टर्कीले दूताबासमा उनको हत्या भएको आरोप लगाएको थियो । तर त्यहाँ उनको शव भेटिएको थिएन ।

टर्कीले साउदी अरबका उच्च स्रोतको निर्देशनमा उनको हत्या गरिएको आरोप लगाएको थियो ।

यसैगरी पत्रकारको हत्याको अन्तर्राष्ट्रिय स्तरमा विरोध भएको थियो । अमेरिकी इन्टेलिजेन्स एजेन्सी सीआईए र पश्चिमा देशहरुका सरकारले साउदी अरबका राजकुमारले पत्रकार खशोग्गीको हत्या गर्न आदेश दिएको आरोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्