पाँच कलाे चामल लिन सीडीअाेकाे सिफारिस अनिवार्य



काठमाडाैं : दसैँ नजिकिँदै गर्दा खाद्यान्न अभाव भएपछि हुम्लालगायत कर्णालीका बासिन्दा मर्कामा परेका छन् । उनीहरूले पाँच किलो चामल खरिद गर्नसमेत प्रमुख जिल्ला अधिकारी (सीडीओ) बाट सिफारिस लिन बाध्य भएका छन् । 

 

नेपाल खाद्य संस्थान, हुम्लाले दसैं नजिकिएपछि बुधबारदेखि चामल बिक्री गर्न थालेको हो । मागअनुसार चामल आपूर्ति नभएपछि प्रतिपरिवार पाँच किलोग्राम मात्रै बिक्री गरिरहेको खाद्य संस्थान हुम्लाका प्रमुख रामबहादुर विष्टले बताए । नयाँ पत्रीका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्