प्लेन चोरेर उडाउन लाग्दा १७ वर्षीया युवती पक्राउ



एजेन्सी : अमेरिकाको क्यालिफोर्नियामा १७ वर्षीया युवती प्लेन चोर्दै गर्दा पक्राउ परेकी छिन् । उनी लुकीछिपी विमानस्थलमा छिरेर सानो प्लेन उडाएर भाग्न लागेको अवस्थामा पक्राउ परेकी हुन् ।

प्लेन उडाएर भाग्दै लाग्दा प्लेन पर्खालमा टोक्किएपछि उनी पक्राउ परेकी थिइन् ।

क्यालिफोर्नियाको फ्रेस्नो योशिमाइट अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख ड्यु बेसिन्गरका अनुसार उक्त युवतीले प्लेनको इन्जिन चलाउन सुरु गरेकी थिइन् तर प्लेन ठूलो पर्खालमा गएर ठोक्कियो ।

युवतीले सैन्य क्षेत्रबाट करिब ४०० मिटर टाढाको दूरीबाट विमानस्थल छिरेर प्लेन चोरेको आरोपमा उनी पक्राउ परेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्