घुस लिएको आरोप लागेका दोलखाका प्रजिअ रिजाल पक्राउ



काठमाडौं : मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिएको अभियोगमा जिल्ला प्रशासन कार्यालय दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसनधान आयोगले रिजाललाई आज पक्राउ गरेको हो । उपसचिव रिजाललाई आफ्नो क्षेत्राधिकार भित्रका मुद्दाका अभियुक्तलाई धरौटीमा रिहा गर्न घुस लिएको अभियोग लागेको छ ।

भ्रष्टाचारजन्य कार्य गरेको सम्बन्धमा अनुसन्धान भइरहेकामा आज रिजाललाई पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । –रासस

प्रतिक्रिया दिनुहोस्