कांग्रेसको विरोधपछि प्रतिनिधिसभा बैठक स्थगित



                                    कांग्रेस सांसद आइतबार प्रतिनिधिसभा बैठकमा राेस्ट्रम घेर्दै ।

काठमाडौं : नेपाली कांग्रेसका सांसदको विरोधपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेपछि प्रश्न गर्न नपाएको भन्दै कांग्रेसका सांसदले संसद बैठक अवरुद्ध गरेका थिए ।

 

बैठक अवरुद्ध गरिएपछि सभामुख कृष्णबहादुर महराले १५ मिनेटका लागि स्थगित गरेका थिए । त्यसपछि बैठक बस्दै नबसी २५ गते बस्नेगरी सूचना टाँसेर स्थगित गरिएको हो । बैठकमा प्रधानमन्त्री ओलीले सरकारको कार्यप्रगति विवरण प्रस्तुत गरेका थिए । प्रधानमन्त्रीले प्रस्तुत गरेको प्रगति विवरणलाई कांग्रेसका सांसदले समृद्धिको ‘बतासे ठट्टा’ को संज्ञा दिएका छन् ।

ओलीको सम्बोधन सकिएपछि कांग्रेसका सांसदले प्रधानमन्त्रीसँग प्रश्न सोध्न पाउनुपर्ने माग सभामुखसमक्ष गरेका थिए । सभामुखले कांग्रेस सांसदको माग बेवास्ता गर्दै बैठक अघि बढाउन खोजेपछि उनीहरुले रोस्ट्रम घेराउ गर्दै नाराबाजी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्