हेलिकोप्टर दुर्घटनामा प्रधानसेनापतिसहित आठ जनाको मृत्यु



एजेन्सी : ताइवानी हवाई सेनाका शीर्ष अधिकारी सवार हेलिकोप्टर दुर्घटना भएको छ । बिहीबार प्रतिकुल मौसमका कारण पहाडमा अवतरण गर्न लाग्दा टोङघौ क्रिकमा भन्ने स्थानमा हेलिकोप्टर दुर्घटना भएको हो ।

दुर्घटनामा प्रधानसेनापति जनरल शेन यी मिङसहित आठ जनाको मृत्यु भएको छ । हेलिकोप्टरमा १२ जना सवार रहेको र अन्य ४ जना भने जिवितै रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यममा उल्लेख गरिएको छ ।

प्रधानसेनापति ताइपेइको उत्तर पूर्वमा रहेको एक सैन्य शिविरको अवलोकनका लागि त्यसतर्फ सोङशनबाट बिहान करीब ८ बजे उडेका थिए । उडेको केही बेरमा नै ८ बजेर २२ मिनेट जाँदा उड्डयन अधिकारीहरुले हेलिकप्टरसँगको सम्पर्क विच्छेद हुँदा संकटमा अवतरण गरेको थियो ।

ताइवान हवाइ सेनाले उक्त हेलिकोप्टर दुर्घटना भएको क्षेत्रमा ८० जना सिपाहीसहित दुईवटा ब्ल्याक हक हेलिकप्टर पठाएको छ ।

ताइवानले उक्त ६० यू एच ६० एम ब्ल्याक हक हेलिकप्टर अमेरिकाबाट सन् २०१० मा खरीद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्